क्यापिटल ग्याजेटलाई पुलित्जर पुरुस्कार



वासिंगटन,(एजेन्सी)
आफ्नै समाचार कक्षमा भएको आम नरसंहारको खवर सम्प्रेषण गरेवापत अमेरिकाको एक स्थानिय अखवार विश्वकै निकै प्रतिष्ठित पुलित्जर पुरुस्कार जित्न सफल भएको छ ।

अमेरिकी पत्रकारिता जगतकै सबैभन्दा ठूलो यस पुरुस्कारबाट सम्मानित भएको घोषण गरिएक पनि सोमवार मेरील्यान्डबाट निस्कने क्यापिटल ग्याजेटले आफ्ना कार्यकक्षमा सहकर्मिहरु माएिको कारण खुशीयाली मनाएको छैन ।
सन् २०१८को जुनमा अचानक कार्यालयमा छिरेर एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मारिएका आफ्ना पाँचजना सहकर्मिलाई सम्झेर तिनीहरुले यस अखवारका पत्रकारहरुले एकले अर्कालाई शालिनतापुर्वक अंकमाल गरी यस पुरुस्कार प्रति प्रतिक्रिया व्यक्त गरेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बारे अनुसन्धान गरेवापत न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नललाई पनि पुलित्जर पुरुस्कार दिने घोषणा गरिएको छ । म्यान्मारमा अल्पमत मुश्लिम समुदाय रोहिँग्या माथि सरकारी फौजबाट भएको ज्यादतीबारे समाचार संकल गर्नेक्रममा पक्राउमा परेका रोयटर्सका दुईजना पत्रकारलाई पनि पुल्तिजर पुरुस्कार छुट्याइएको बुझिएको छ ।
वा लोन र क्या सोय ओ नामक ति पत्रकार लाई गत वर्ष मयान्मारको अदालतले सरकारी गोप्य सुचना चुहावट गरेको अभियोगमा जनही सात वर्ष लामो कारवास संजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्