आगलागिबाट क्षतिग्रस्त फ्रेन्च चर्चको पुननिर्माण हुने



पेरिस,(एजेन्सी)
सोमवार राति शुरु भएके भयानक आगलागिको कारण आंशिक रुपमा क्षतिग्रस्त हुन पुगेको फ्रान्सको राजधानी पेरिस स्थित नोट्रे डेम चर्चको पुननिर्माणका लागि आवश्यक करोडौं युरो सहयोग प्रदान गर्न सार्वजनिक आब्हान गरिएको छ ।

यो आगलागि पूर्ण रुपमा नियन्त्रणमा लिनका लागि पन्ध्र घन्टा लागेको फै्रन्च अग्निनियन्त्रण निकायले जनाएको छ । यस घटनामा आठ सय पचास वर्ष पुरानो यस चर्चको छाना र अन्य भाग ध्वस्त भएको बताइएको छ । तर अग्नि नियनत्रकहरुको अथक प्रयासबाट यस ऐतिहासिक चर्चको ढुँगाबाट बनेको मुख्य भाग र दुईवटा टावर भने नष्ट हुनबाट जोगिएका छन् ।

आगलागिको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । पेरिस जनसरोकार न्यायिक अधिकारी रेमी हेइत्जले अहिले सम्म यसलाई दुर्घटनाकै रुपमा हेरिएको तर गम्भीर अनुसन्धानका लागि पचास सदस्यि एक टोलि गठन गरिएको बताएका छन् । अन्य केहि सरकारी अधिकारीहरुल ेभने सो चर्चमा चलिरहेको विस्तारित मर्मत कार्यसंग आगलागिको सम्बन्ध हुनुपने अनुमान गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्मान्युल म्याक्रोँले यसको पुननिर्माण गरिने बचन दिएका छन् । यसैगरी मंगलवार बिहान सम्ममा दुईजना नामुद फ्रेन्च वपारीले यसको निर्माणका लागि आफुहरुको तर्फबाट करिव ३० करोड युरो योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्