दार्जिलिंगमा तृणमुल र भाजपा उम्मेदवारबीच कडा प्रतिस्पर्धा



कोलकाता (एजेन्सी)
पहाडकी रानी नामले ख्याती कमाएको पश्चिम बंगालको दार्जिलिंग पर्वतिय क्षेत्रको संसदिय सीटका लागि हुन गइरहेको चुनावमा करिब ३ दशकपछि पहिलो पटक गोरखाल्यान्डलाई विकासको मुद्दाले विस्थापित गरेकोछ ।
तृणमुल कांग्रेसले अहिलेसम्म यहाँको सिटमा जित्न सकेको छैन । भाजपाले पनि पछिल्लो पटकका विजेता एसएस आहलुवालियाको स्थानमा राजु सिंह विष्टलाई आफनो उम्मेदवार बनाएको छ । यहाँको सिटका लागि अप्रिल १८ मा हुने दोस्रो चरणको चुनावमा मतदान हुने छ ।

यस पटकको लोकसभाको चुनावमा यस क्षेत्रको राजनितिक समिकरण परिवर्तन भएको छ । जुन गोरखा जनमुक्ती मोर्चा (जीजेएम)को एक इसारामा यस क्षेत्रमा कुनै पनि उम्मेदवारको भाग्य निर्धारण हुने गथ्र्यो, त्यो नै अहिले आफैमा दुई समुहमा विभाजित भइसकेको छ ।

मोर्चाका विमल गुरुंगको समुह भाजपाको साथमा छ भने विनय तामांग समुह ममता बनर्जीको तृणमुल कांग्रेसको साथमा छ । प्रधानमन्त्री नरेन्द्र मोदी सहित ममता र अमित शाहले पनि यस इलाकामा चुनावी र्याली गरिसकेका छन् ।
८० का दशकको उत्तरार्धदेखि यस क्षेत्रमा भएका सबै चुनावमा छुट्टै गोरखाल्यान्डको मुद्दा हावी हुने गरेको थियो । सुरुमा सुभाष घिसिंगको नेतृत्वमा रहेको गोरखा ल्यान्ड नेसनल लिबरेसन फ्रन्ट (जीएनएलएफ)ले यो मुद्दा उठाइरहेको थियो । त्यसपछि विमल गुरुङको नेतृत्वमा जनमुक्ती मोर्चाले पनि यसै मुद्दामा आफनो समर्थन दिने गरेको थियो ।

त्यसकै फलस्वरुप मोर्चाल विगतका दुई चुनावमा भाजपाका जसवंत सिंह र एसए आहलुवालियालाई समर्थन दिएर उनीहरुलाई यहाँबाट जिताएका थिए । तर अहिले यो मोर्चा आफैमा दुई समुहमा विभाजित भइसकेको छ । गोरखा नेता विमल गुरुङ सन् २०१७ मा भएको हिंस्रक आन्दोलनपछि भुमिगत रहेका छन् ।

मुख्यमन्त्री ममता बनर्जीले यो पटक गोरखा मोर्चाका विधायक अमर सिंह राईलाई आपनmो उम्मेदवार बनाएको छ भने भाजपाले आहलुवालियाको स्थानमा ३३ बर्षका एक ब्यापारी राजु सिंह विष्टलाई चुनावी मैदानमा उतारेको छ ।

मुल रुपमा मणिपुरका बासिन्दा राजु दिल्लीमा ब्यापारी हुन् । गोरखा मोर्चाका विमल गुरुङ समुह लगायत जीएनएलएफले पनि उनलाई समर्थन गरेको घोषणा गरिसकेको छ ।

ममताले आफनो चुनाव प्रचारमा यस समिकरणलाई स्थानिय विरुद्ध बाहिरको मुद्दा उठाइसकेकी छिन् । यो सिटमा तृणमुल कांग्रेस र भाजपाबीच प्रत्यक्ष टक्कर हुने निश्चित छ ।

कांगे्रसको तर्फबाट वरिष्ठ नेता शकर मालाकार मैदानमा छन् भने सीपीएमले आफना पुर्व सांसद सुमन पाठकलाई उम्मेदवार बनाएकोछ ।

तृणमुल उम्मेदवार अमर सिंहले भने– विकास नै हाम्रो मुख्य मुद्दा हो । विगत एक दशक देखि लामो समयसम्म यहाँ विकासको काम ठप्प छ । भाजपा सासदले पहाडीहरुको विकास गर्ने दिशामा कुनै पहल सम्म गरेको छैन ।
भाजपाका दार्जिलिंग जिलाका अध्यक्ष मनोज दिवानले भनेका छन्– हाम्रो लागि अलग राज्य कुनै मुद्दा होइन , हामी यस पर्वतिय क्षेत्रको समस्याको स्थायी राजनितिक समाधान र यहाँ लोकतन्त्र बहालीका लागि लडिरहेका छौं ।
मोर्चाका विमल गुरुङ समुहका कार्यकारी अध्यक्ष लोसांग लामाले यस चुनावबाट पहाडीहरुको शिर्ष नेता को हो भन्ने छिनोफानो हुने बताउँदै स्थानिय जनता गुरुङका पक्षमा रहेको दावी गरे ।

यसलाई मुख्यमन्त्री ममता बनर्जी र गोखा मुक्ती मार्चाका अध्यक्ष विमल गुरुङबीचको साखको लडाईका रुपमा लिइएको छ । त्यसैले पनि यहाँको चुनावी परिणाम अनुमान गर्न कठिन मानिएकोछ ।

प्रतिक्रिया दिनुहोस्