टेबलटेनिस टोली हंगेरीतिर



काठमाडौं, (नेस)
टेबलटेनिस टोली बुडापेस्टमा हुने लीबहेर २०१९ विश्व टेबलटेनिस च्याम्पियनसिपमा सहभागिता हुन हंगेरी प्रस्थान गरेको छ। नेपालको तर्फबाट राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नवीता श्रेष्ठसहित दीक्षा तामाङ, स्वेच्छा नेम्वाङ, सुनील श्रेष्ठ र बिनेश खनियाले प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल टेबलटेनिस संघले जनाएअनुसार प्रतियोगिता यही अप्रिलको २१ देखि २८ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्