एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा छुट



काठमाडौं, (नेस)
एभरेष्ट बैंकले चिरायू नेशनल हस्पिटलस“ग ग्राहकलाई छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बसुन्धारास्थित चिरायू नेशनल हस्पिटलले जनरल र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्दछ ।

सो हस्पिटलले डिसेम्बर २०१३ देखि आउट प्यासेन्ट सेवा र इन प्यासेन्ट सेवरु प्रदान गर्दै आइरहेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकले विभिन्न सेवामा १५ प्रतिशत छुट पाउन सक्नेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १५ प्रतिशत छुट पाउनेछन् ।

एभरेष्ट बैंकको ग्राहक संख्या १० लाखभन्दा बढी रहेको छ । हाल आफ्ना ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्