स्प्राइटको रिफ्रेसिङ्ग रिचार्ज क्याम्पेनबाट साढे चार लाखले टक टाइम जिते



काठमाडौं, (नेस)
स्प्राइटको समर क्याम्पेन, स्प्राइट डबल डोज रिफ्रेस पनि रिचार्ज पनि उपभोक्ता माझ अगाडि बढिरहेको छ । फेब्रुअरी १ तारिखदेखि शुरु भएको यो रिफ्रेसिङ्ग रिचार्ज क्याम्पेनबाट हालसम्म ४ दशमलव ५ लाखभन्दा बढी विजेताले टक टाइम जितिसकेका छन् ।

उपभोक्ताहरुले २५० एमएलको शिशाको बोतलको कोका–कोला, स्प्राइट, फान्टा ओरेन्ज, फान्टा लेमन र किन्ले सोडा किनेर १० देखि १० हजार रुपिया“सम्मको टक टाईम जित्नुका साथै सामसङ ग्यालेक्सी नोट ९ पनि जित्न सक्नेछन् । गोरखाका प्रकाश गुरुङ, बनस्थलीका भुवन सिंह तामाङ, बनस्थलीका राजकिशोर सिंह, अनामनगरका कुमार गिरी, सिनामंगलका प्रदीप गैरी, चाबहिलका राजकुमार लिम्बु, माछापोखरीका विनोद नेपाल, झापाकी एलिना सुवेदी, ललितपुरका प्रेम शोभा तन्दुकरले सामसङ ग्यालेक्सी नोट ९ जितेका छन् ।

कम्पनीले यस योजना अवधिलाई थप गरेर ३० अप्रिलसम्म पु¥याएको छ । यस योजनामा सहभागी हुन, बिर्कोको तल्लो भागमा रहेको ८ अंकको यूनिक कोर्ड ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । यस अफर समावेश नभएका बोतल पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्