केएल दुगडको चनाको सत्तु बजारमा



काठमाडौं, (नेस)
केएल दुगड समूहले गर्मीको समयलाई मध्यनजर गर्दै ज्ञान ब्रान्डको नया“ उत्पादन चनाको सत्तू बजारमा ल्याएको छ । हाल यो ५ सय ग्रामको प्याकमा उपलब्ध रहेको छ ।

ज्ञान चनाको सत्तू चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटि, पिसि मेटालिक प्याकेटमा प्याक गरिएको हुन्छ । ज्ञान सत्तूलाई पानीमा घोलेर स्वादअनुसार विरेनुन वा साधानुन, कागतीको रस, भुटेको जिरा राखी एक प्रकारको इनर्जी ड्रिङ्कको रुपमा सेवन गर्न सकिन्छ वा पानी र दूधस“ग घोलेर बाक्लो हलुवाको रुपमा पनि खान सकिन्छ । यसबाट विभिन्न स्वादिष्ट मिठाई तयार गर्न सकिन्छ । यो पेट र पाचनको लागि राम्रो आहार हो । गर्मीको मौसममा यसको सेवनले शितलता प्रदान गर्नुका साथै शरिरमा स्फूर्ति प्रदान गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्