२१ राष्ट्रिय गौरबका आयोजना गौरवयोग्य भएनन्



सुरेश तामाङ
सरकारले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याईएका विभिन्न २१ राष्ट्रिय गौरवका आयोजनाको काम त्यति सन्तोषजनक छैन । केही आयोजनाको काम उत्साहजनक देखिएपछि ३१ वर्षअघिदेखि शुरु भएका गौरबका आयोजनाहरुको प्रगति कछुवाको गतिमा छन् भने कतिपय आयोजना शुरु हुने समेत अत्तोपत्तो छैन ।

राष्ट्रिय योजना आयोगले स्थानीय तहमा विवाद, जग्गा प्राप्तिमा कठिनाई, निर्माण सामाग्रीको कमजोर व्यवस्थापन, अन्तर निकाय समन्वयको अभाव, कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु लगायतका समस्याले राष्ट्रिय गौरवका आयोजनाको काम अपेक्षित गतिमा अगाडि बढ्न नसकेकोे औल्याएको छ ।

यी आयोजनाहरुको निर्माण सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको गन्तव्यमा पुग्न कोशेढुंगा मात्रै नभई नेपालीका जीवनस्तरमा समेत यसले कायापलट नै ल्याउने विज्ञहरु बताउँछन् । २१ आयोजनाको विषयमा महालेखाको प्रतिवेदनले औँल्याएका विवरण संक्षिप्त रुपमा पस्केका छौँः

मेलम्ची खानेपानी आयोजना


उद्देश्यः मेलम्ची खोलाको १७ करोड लिटर पानी दैनिक सुरुङ हुँदै काठमाडौं ल्याउने
आयोजना सुरु २०५७÷५८
सम्पन्न हुने वर्ष २०६४÷६५
चौँथो पटक संशोधित समय २०७४÷७५
लागत अनुमान ३५ अर्ब ५४ करोड
हालसम्मको खर्च २५ अर्ब २० करोड
प्रगति ९६ प्रतिशत
२७ दशमलब ५ किलोमिटर सुरुङको काम सम्पन्न भएपनि हाल निर्माण व्यवसायीले काम छोडेको कारण निर्माण कार्य रोकिएको ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना


उद्देश्यः ४५६ मेघावाट विद्युत उत्पादन गर्ने
आयोजना सुरु २०६७।६८
सम्पन्न हुने वर्ष २०७२।७३
संशोधित अवधि २०७६÷७७
लागत अनुमान ३५ अर्ब २९ करोड
संशोधित लागत ४९ अर्ब २९ करोड
हालसम्मको खर्चः ४४ अर्ब ७४ करोड
प्रगति ९८ दशमलब ७ प्रतिशत

मध्यपहाडी लोकमार्ग आयोजना


उद्देश्यः पूर्वमा पाँचथरको चियो भन्ज्याङ्गदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म कूल लम्बाई १ हजार ७७६ कि.मी. सडक विस्तार गर्ने
सुरु वर्षः २०६४।६५
सम्पन्न हुने वर्ष २०७४।७५
संशोधित सम्पन्न हुने वर्षः २०७७।७८
लागत अनुमान ८० अर्ब १४ करोड
हालसम्मको खर्चः २६ अर्ब ८९ करोड
प्रगति ४५ प्रतिशत

बुढी गण्डकी जलविद्युत आयोजना


उद्देश्यः गोर्खा र धादिङको सिमानामा जलाशययुक्त १ हजार २ सय मेघावाट विद्युत उत्पादन गर्ने
सुरु वर्षः २०६९÷७०
सम्पन्न हुने वर्ष २०७७।७८
सम्पन्न हुने संशोधित वर्ष २०८२।८३
लागत अनुमानः २ खर्ब ७८ अर्ब
खर्च रु.१० अर्ब ८५ करोड
प्रगतिः ११ प्रतिशत

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

उद्देश्यः गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नती गरी दीगो रुपमा पर्यटन क्षेत्रको विकास गर्ने

सुरु वर्षः२०७०।७१
सम्पन्न गर्ने वर्षः २०७५।७६
लागत ३० अर्ब ४१ करोड
खर्च ११ अर्ब ९५ करोड
प्रगतिः ५० प्रतिशत

रानीजमरा कुलरिया सिंचाई आयोजना


उद्देश्यः कैलाली जिल्लाको ३८ हजार ३०० हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पु¥याउने
सुरु वर्षः २०६७।६८
सम्पन्न हुने वर्षः २०७४।७५
सम्पन्न हुने संशोधित वर्षः २०८०।८१
सुरुको लागत १२ अर्ब ६३ करोड
संशोधित लागत २७ अर्ब ७० करोड
खर्चः १० अर्ब ४७ करोड
प्रगतिः४० प्रतिशत

सिक्टा सिंचाई आयोजना


उद्देश्यः बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी कुल ४२ हजार ७६६ हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पु¥याउने
सुुरु २०६१।६२
सम्पन्न हुने वर्षः २०७१।७२
सम्पन्न हुने संशोधित वर्षः २०७६।७७
सुरु लागत १२ अर्ब ८० करोड
संशोधित लागत २५ अर्ब २ करोड
खर्चः १४ अर्ब ४७ करोड
प्रगतिः ५७ प्रतिशत

बबई सिंचाई आयोजना


उद्देश्यः बर्दिया जिल्लाको ३६ हजार हेक्टर कृषि योग्य भूमीमा सिँचाई सुविधा पु¥याउने
सुुरु वर्षः २०४४।४५
सम्पन्न हुने वर्षः २०६९।७०
सम्पन्न हुने संशोधित वर्षः२०७८।७९
सुरु लागतः २ अर्ब ८७ करोड
संशोधित लागतः१२ अर्ब ५६ करोड
खर्चः ६ अर्ब ३३ करोड
प्रगति ५९ दशमलब ५ प्रतिशत

भेरी बबई डाइभर्सन बहुउदेश्यीय आयोजना


उद्देश्यः भेरी नदीको ४० क्यूसेक पानीलाई बबई नदीमा मिसाई विद्युत उत्पादन र ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा प्रदान गर्ने
सुुरु वर्षः २०६८।६९
सम्पन्न हुने वर्षः २०७६।७७
सम्पन्न हुने संशोधित वर्षः २०७८।७९
सुरु लागतः १६ अर्ब ४३ करोड
संशोधित लागतः ३३ अर्ब ६१ करोड
खर्चः ६अर्ब ९८ करोड
प्रगतिः ३५ प्रतिशत

पश्चिम सेती जलविद्युत आयोजना


उद्देश्यः कुल ७५० मेगावाट विद्युत उत्पादन गर्ने
परियोजनाको विकास ढाँचा लगायतका बिषयमा सुझाव दिन तीन सदस्यीय समिति गठन भएकोमा सोको प्रतिवेदन आउन बाँकी रहेको देखिन्छ । आयोजना निर्माणको मोडालिटी सम्बन्धमा निश्चित हु्न नसकेको कारण निर्माण कार्य सुरु हुन सकेको छैन ।

पशुपति क्षेत्र विकास कोष


उद्देश्यः पशुपति क्षेत्रलाई धार्मिक, साँस्कृतिक एवं पर्यापर्यटनको नमूना क्षेत्रको रुपमा विकास गर्ने
सुरु वर्षः २०५७।५८
सम्पन्न हुने वर्षः २०७५।७६
लागत २ अर्ब ३ करोड
चालु आबमा ४४ करोड ४१ लाख विनियोजन
प्रगति ४० प्रतिशत

लुम्बिनी क्षेत्र विकास कोष


उद्देश्यः गौतमबुद्धको पवित्र जन्मस्थललाई बौद्धमार्गी एवम् शान्तिप्रेमी जनसमुदायको लागि अन्तराष्ट्रिय आकर्षण केन्द्रको रुपमा विकास गर्ने
सुरु वर्षः २०४२
सम्पन्न हुने वर्ष नखुलेको
लागत अनुमानः ५ अर्ब ५० करोड
संशोधित लागतः ६ अर्ब १० करोड
खर्चः ३ अर्व ९८ करोड खर्च
प्रगतिः ८० प्रतिशत

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

उद्देश्यःपोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन प्रबद्र्धन गर्ने
सुरु वर्षः २०७१।७२
सम्पन्न हुने वर्षः२०७७।७८
लागत अनुमानः२१ अर्व ६० करोड
खर्च ४ अर्ब ३९ करोड
प्रगतिः १५ प्रतिशत

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ


उद्देश्यः बाराको निजगढमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी दीगोरुपमा पर्यटनको विकास गर्ने
सुरु वर्षः २०७१।७२
सम्पन्न हुने वर्षः २०७८।७९
लागतः १ अर्ब २० करोड
खर्च ३० करोड

काठमाडौं तराई मधेश द्रुतमार्ग


उद्देश्यः राजधानीलाई तराई मधेशसँग जोड्ने
सुरु वर्षः २०६४।६५
सम्पन्न हुने वर्षः २०७८÷८९
लागतः २ खर्ब ५० अर्ब
खर्चः ७ अर्ब ६२ करोड
प्रगतिः ४ प्रतिशत

रेल्वे तथा मेट्रो विकास आयोजना


उद्देश्यः पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कूल ९४६ कि.मी. लामो रेल सञ्जाल निर्माण एवं सञ्चालन गर्ने
सुरु वर्षः २०६६।६७
सम्पन्न हुने वर्षः नखुलेको
कुल लागत ७० अर्ब ९७ करोड
खर्च ७ अर्ब ८७ करोड
प्रगतिः १३ प्रतिशत

उत्तर दक्षिण (कर्णाली) लोकमार्ग आयोजना


उद्देश्यः खुलालु–सिमिकोट (हुम्ला) खण्डमा १९६ कि.मि. र हिल्सा–सिमिकोट खण्ड (हुम्ला) ८८ कि.मी. सडक निर्माण गर्ने
सुरु वर्षः २०६४÷६५
सम्पन्न हुने वर्षः २०७९÷८०
लागत अुनमान ४ अर्ब १० करोड
खर्च १ अर्ब
प्रगतिः १२ प्रतिशत

उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजना


उद्देश्यःतेह्रथुम जिल्लाको वसन्तपुरदेखि उत्तरी सीमाना किमाथाङ्कासम्मको १६२ कि.मी. सडक निर्माण एवं स्तरोन्नती गर्ने
सुरु वर्षः २०६५÷६६
सम्पन्न हुने वर्षः २०७७÷७८
लागत अुनमान १६ अर्ब २० करोड
खर्च २ अर्ब ४५ करोड
प्रगतिः३५ प्रतिशत

उत्तर दक्षिण (काली गण्डकी) लोकमार्ग


उद्देश्यःनवलपरासीदेखि मुस्ताङसम्मका ९ जिल्ला समेट्दै सडक स्तरोन्नती गर्ने ।
सुरु वर्षः २०६६÷६७
सम्पन्न हुने वर्षः २०७७÷७८
लागत अनुमानः २२ अर्ब १२ करोड
खर्चः ३ अर्ब ९४ करोड
प्रगतिः १० प्रतिशत

हुलाकी लोकमार्ग


उद्देश्यः पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्म १ हजार ७९२ कि.मी. कालोपत्रे सडक र १४९ पुलको निर्माण गर्ने
सुरु वर्षः २०६३÷६४
सम्पन्न हुने वर्षः २०७७÷७८
लागत अनुमानः ६५ अर्ब २० करोड
खर्चः २० अर्ब ५२ करोड
प्रगतिः २५ प्रतिशत

राष्ट्रपति चुरे–तराई आयोजना


उद्देश्यःउपल्लो र तल्लो तटीय वातावरणीय अन्तरसम्बन्धबाट तराई क्षेत्रको संरक्षण गर्ने

सुरु वर्षः २०६७÷६८
सम्पन्न हुने वर्ष नखुलेको
लागत अनुमान १ अर्ब ९६ करोड
खर्च नखुलेको
प्रगति नखुलेको

प्रतिक्रिया दिनुहोस्