विश्व टेबल टेनिसमा छ खेलाडी



काठमाडौँ ।
यही वैशाख ८ देखि १५ गतेसम्म हङ्गेरीमा हुने विश्व टेबल टेनिस च्याम्पियनसिपमा नेपालका छ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा नेपालबाट राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठसहित विनेश खनिया, दिक्षा तामाङ, स्वेच्छा नेम्वाङ र सुनिल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यस्तै टोलीसँग नेपाल टेबल टेनिस सङ्घका अध्यक्ष चतुरानन्दराज वैद्य र उपाध्यक्ष धर्ममान बज्राचार्य हङ्गेरी जाने सङ्घले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडी तथा पदाधिकारीसहित आठ सदस्यीय टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले आज यहाँ आयोजित कार्यक्रममा बिदाई गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्