कतारमा एक नेपालीको मृत्यु



काठमाडौँ । कतारमा एक जना नेपालीको मृत्यु भएको छ ।

२ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेका लमजुङ दूधपोखरी गाउँपालिका—२ बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको सुतिरहेकै अवस्थामा शनिबार राति मृत्यु भएको जनाएको छ ।

अल वक्रास्थित डेउ इन्जिनियरिङमा कार्यरत दवाडीको शवलाई प्रहरीले मुचुल्का उठाएर कतार सरकारको सम्बन्धित सरकारी अस्पताल हमादमा पोस्टमार्टमका लागि राखिएको लमजुङ सेवा समाज कतारले जनाएको छ ।

राति सुतिरहेको अवस्थामा उनले अचानक अनौठो आवाज निकालेपछि कोठाका अन्य साथीहरुले हेर्दा अस्वभाविक रुपमा ओछ्यानमा पल्टिरहेको देखेपछि उनलाई तत्काल अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्