सन्दीप लामिछाने ‘एमरर्जिङ प्लेयर अवार्ड’को दावेदार खेलाडीमा परे



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ ।

प्रतिक्रिया दिनुहोस्