हवाई इन्धन चोरी गर्दैगर्दा ३ जना पक्राउ



हेटौंडा । हेटौंडा–४, कमलडाँडामा पार्किङ गरी राखेको ट्यांकरबाट हवाई इन्धन (एटीएफ) चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
हवाई इन्धन लोड भएको ना.४ ख ०१७७ नम्बर ट्यांकरबाट इन्धन चोरी गर्दैगर्दा हेटौंडा–४ बस्ने वर्ष ६० का बद्री गुरुङ, वर्ष ५१ का उत्तम श्रेष्ठ र भोजपुर नपा–११ घर भएर हेटौंडा–४ बस्ने वर्ष ४८ का बलराम सुनुवारलाई हवाई इन्धनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नयाँ वर्षको दिन विहान करिब १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झासहित खटिएको टोलीले उनीहरुलाई करिब ५० लिटर एटीएफसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्