ओली सरकारले एउटा राम्रो काम गरेनः देउवा



मनोज भट्ट, महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा नेतृत्वको वर्तमान सरकारले एक महिनामा एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । उनले यो अवधीमा ठुल ठुला आश्वासन मात्रै बांडेर जनतालाई भुल्याउने काम मात्रै गरेको बताए ।

‘वर्तमान सरकारले एउटा गतिलो काम गरेको छैन,’ मंगलवार प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले भने, ‘बरु यो सरकारले संवैधानिक र अन्य निकायमा हस्तक्षेप बढाएको छ ।’ उनले शिक्षा, स्वास्थ्य र प्रेसमाथि हस्तक्षेप बढाएर लोकतन्त्र नै कमजोर पार्ने काम भईरहेको बताए ।

नेता देउवाले कांग्रेस कमजोर हुंदा लाकेतन्त्रमाथि नै खतरा बढेको बताए । उनले आन्तरिक कमजोरीकै कारण कांग्रेसले पराजय भोग्नुपरेको बताए । ‘हामी एकजुट भएर गए कसैले हराउन सक्दैन,’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेसले जित्नुपर्ने अनिवार्य छ ।’
अबको तीन÷चार वर्षपछि स्थानीय तहदेखि सबै निर्वाचन हुने भएकाले कार्यकर्तालाई अहिलेदेखि नै त्यसको तयारीमा लाग्न निर्देशन दिए । जनताको घरमै पुगेर दुख सुखमा साथ दिएर पार्टी पंक्तिलाई समेत बलियो बनाएर अघि बढ्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्