संघीय मामिला मन्त्रालयको सचिवमा यादव कोइराला



काठमाडौँ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा यादव कोइरालालाई सरुवा गरेको छ । दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएपछि रिक्त भएको सचिवमा कोइरालालाई सरुवा गरिएको छ ।

कोइराला काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । उनले काठमाडौं महानगरपालिकामा सुशासन कायम गर्नका लागि हरसम्भव प्रयास गरेका थिए । धरहरा वरिपरि मम र सेकुवा बिक्री गरी वातावरण नै प्रदूषित गराउनेहरुलाई उनले हटाएर उक्त सरकारी जग्गामा स्काभेटर नै लगाएका थिए । जुन कदमलाई सबैले सराहना गरेका थिए । मन्त्रिपरिषदको सोमबारको बैठकले कोइरालासहित तीन जना सचिवको सरुवा गरेको छ ।

त्यस्तै केही दिन अघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालय एक महिनादेखि रिक्त रहेको थियो । घिमिरेलाई स्वास्थ्य मन्त्र ी उपेन्द्र यादवले विनाजिम्मेवारी जगेडा जस्तै गरी राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्