अत्यन्तै दुर्लभ कछुवाको मृत्यु



बेइजिङ, (एजेन्सी)
नरम खोल भएका तथा विश्वकै अत्यन्त दुर्लभ मानिने विशाल याग्जे कछुवामध्ये एकको चीनमा मृत्यु भएको छ। अब यस प्रजातिको कछुवा तीनवटा मात्र बाँकी रहेको छ। राफेतस स्विनहोई नाम दिइएको उक्त पोथी कछुवा दक्षिणी चीनको सुझोउ चिडियाखानामा मृत्यु भएको हो।

विशेषज्ञहरूले यो ९० वर्षीया कछुवा मर्नु केही समयअघि पाँचौंपटक कृृत्रिम प्रजनन गराउन खोजेका थिए। अवैध शिकार, धेरै संख्यामा माछा मार्नाले र बासस्थानको विनाशका कारण यो प्रजाति खतरामा परेको हो।

१ सय वर्षभन्दा बढी उमेर भइसकेको अनुमान गरिएको एउटा भाले कछुवा चीनकै एउटा चिडियाखानामा छ भने अर्को दुई वटा भियतनामको जंगलमा रहेको बताइएको छ। स्थानीय कर्मचारी र अन्तर्राष्ट्रिय विशेषज्ञहरूले शनिबार मर्नु २४ घन्टा अगाडि नै यस पोथी कछुवाको कृत्रिम प्रजनन गराउने प्रयास गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्≈वाले जनाएको छ।

तिनीहरुले सो शल्यक्रियाको दौरान कुनै जटिलता नदेखिएको तर अर्को दिन उनको स्वास्थ स्थिती खराब हुँदै गएको बताएका छन्। यसको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ भने भविष्यमा अनुसन्धान गर्नका लागि यसको पाठेघरको तन्तुहरु संकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्