विस्फोटमा १० ठहरै



बेइजिङ, (एजेन्सी)
चीनको सान्दोग प्रान्तमा एक औषधि कम्पनीको कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ र अन्य १२ जना घाइते भएका छन्। विगत एक महिनामा चीनमा भएको यो चौथो औद्योगिक दुर्घटना हो।

उक्त कारखाना जियान सहरको भएको बताइएको छ। गत मार्चमा सान्दोङमा भएको घटनामा पाँच जनाको मृत्यु भएको थियो। मार्च २२ मा भएको घटनामा ७८ जनाको मृत्यु र ६ सयभन्दा धेरै घाइते भएका थिए। त्यसै गरी मार्च ३१ मा जियांग्सु प्रान्त कबाडी धातु गाल्ने संयन्त्रमा विस्फोट हुँदा ७ जनाको मृत्यु भएको थियो भने अन्य पाँच जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्