गुरुङ भाषा र संस्कृतिमा सुनपानी



गुरुङ फिल्मको हब बन्दै गरेको लमजुङमा गुरुङ भाषा र संस्कृतिमा आधारित गुरुङ फिल्म मार क्यु अर्थात् सुन पानी रिलिजको तयारी गरिएको छ। फिल्मका निर्मातादेखि कलाकारसम्म अधिकांश लमजुङ जिल्लाकै रहेका छन्। आगामी वैशाख २८ गते शनिबारदेखि फिल्म रिलिजमा आउने युनिटले जानकारी गराएको छ।

जिल्लाको पँर्वी भेगमा रहेको दोर्दी गाउँपालिका– ५ छैलुङ र बाक्सोरामा छायांकन गरिएको आप्mनो संस्कार, संस्कृति, भाषालाई लोभ हुन नदिन त्यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फिल्म निर्माण गरी प्रदर्शन गर्न लागिएको निर्माता नवराज घलेले बताए। अन्नपँर्ण चलचित्र मन्दिर हलबाट फिल्म रिलिजमा आउनेछ।

नेपाली भाषामा समेत डबिङ गरिएको फिल्ममा कमल गुरुङ र खुसी गुरुङ मुख्य भँमिकामा छन्। त्यस्तै प्रतिमा गुरुङ, रोशनी गुरुङ, आकाश गुरुङ, गजबहादुर गुरुङ, अस्मिता गुरुङ, केशकुमारी गुरुङ, दुरमाया घले, पर्शुराम गुरुङलगायतले चलचित्रमा अभिनय गरेका छन्। लमजुङमा रिलिज गरिएपछि फिल्म हङकङ, अमेरिका, कोरिया, कतार, बेलायतलगायतका देशमा पनि प्रदर्शन गरिने नायिका खुसी गुरुङले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्