मस्तिष्कघातको समयमै उपचार गरे निको हुन्छ



– डा. अविनाशचन्द्र

ब्रेन स्ट्रोक (मस्तिष्क घात) भनेको के हो र कुन उमेर समँहका व्यक्तिलाई हुन्छ भन्ने बारेमा जानकारीका लागि जनमानसको चासो बढ्नु स्वाभाविकै हो। विश्वमा तेस्रो नम्बरमा रहेको मस्तिष्क घात नेपालमा पनि दिन प्रतिदिन उत्तिकै डर लाग्दो किसिमले बढ्दै गएको छ। यो रोग जुनसुकै उमेर समँहका व्यक्तिलाई जुनसुकै बेला लाग्न सक्छ। मस्तिष्कघात दिमागको नसा बन्द भएर अथवा फुटेर मस्तिष्कमा रगत नगएपछि हुन्छ। यसो हुँदा दिमागमा अक्सिजनको मात्रामा कमी हुन्छ अनि दिमागका कोसहरू मर्न थाल्छन्। जब दिमागका कोषहरू मर्छन् तब दिमागले गर्ने काम ढिला हुँदै जान्छ र यसले हात खुट्टा नचल्ने, बोली रोकिने, होसमा नआउनुका साथै समयमा उपचार भएन भने मान्छेको ज्यानैसमेत जान सक्ने जोखिमहरू आउँछन्। हृदयघातका बिरामीको समयमै उपचार भए पुरानै अवस्थामा फर्कन्छन् भने समयमा उपचारको पहुँचमा नपुग्दा मृत्यु नै हुन्छ। तर मस्तिष्कघातमा कतिपय बिरामी पहिलाको अवस्थामा नआउन पनि सक्छन्। यसको प्रमुख कारण समयमा उपचारको पहुँचमा पुग्न नसक्नु नै हो। यस विषयमा अन्नपँर्ण न्युरो अस्पतालका न्युरोलोजिस्ट (नसारोग विशेषज्ञ) डा. अविनाशचन्द्रसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :

स्ट्रोक भनेको के हो ?
दिमागको नसा बन्द भएर या फुटेर मस्तिष्कमा रगत नजानु र मस्तिष्कको कार्य रोकिनु नै मस्तिष्कघात अर्थात् स्ट्रोक हुनु हो।

स्ट्रोक कति किसिमको हुन्छ ?

स्ट्रोक दुई किसिमका हुन्छन्।

कस्तो कस्तो प्रकृतिको हुन्छ ?
एकखालको रगतको नसाहरू फुटेर रगत जम्ने एमोरेजिक स्ट्रोक भनिन्छ। अर्कोखालको रगतको नसामा कतै बन्द भएर रगत नपुगेको अवस्थाले गर्दा नसामा असर पुग्छ त्यसलाई सेमिक स्ट्रोक भनिन्छ। यो रगतको नसा सुकेर हुने समस्या हो।

दुईमध्ये सबभन्दा धेरै हुने कुन हो ?
यी दुईमध्ये धेरै हुने र गारो सेमिक स्ट्रोक नै हो। यसका साथै रेजिक स्ट्रोक पनि छन्। तर नेपालको सन्दर्भमा रेजिक स्ट्रोक उच्च (ब्लडप्र्रेसर) उच्च रक्तचापसँग गहिरो सम्बन्ध छ। यसको प्रमुख कारण भनेको उच्च रक्तचापका विषयमा जानकारी कम हुनु नै हो। अर्को कारण उच्च रक्तचाप भएका बिरामीले चिकित्सकको सल्लाहअनुसार केही दिन औषधि खाने र सामान्य अवस्थामा आउन थालेपछि निको भयो भनेर छोड्ने खालको प्रवृत्ति पनि छ।

डाक्टरकोमा नियमित परीक्षणमा नजाने, आफैले औषधि छाड्ने गर्नाले रिवान हाइपोटेन्सन हुन्छ। जसका कारण पहिलाभन्दा झनै ब्लडप्रेसर बढी हुने कारणले गर्दा रगतका नसाहरू फुट्छ। त्यस कारण पनि रगतको नसाहरू फुट्छ र मस्तिष्क घात हुन्छ यसलाई ह्युमरेज स्ट्रोक भनिन्छ।

≈युमरेज स्ट्रोक नेपालमा कति छ ?
नेपालमा सानो सानो क्षेत्रमा गरिएको अनुसन्धानले पनि ≈युमरेज स्ट्रोक निकै धेरै भएको देखाएको छ। यो उच्च रक्तचापसँग बढी सम्बिन्धत छ।

उच्च रक्तचापसँग स्पेनिक स्ट्रोकको सम्बन्ध कस्तो छ ?
दुई तीनवटा रोग धेरै सम्बन्धित छ। यसमा उच्च रक्तचाप, मधुमेहको धेरै नै सम्बन्ध छ।

यो रोगका बारेमा नेपालमा केके हुँदै छ र गर्नुपर्छ ?
यो रोगका बारेमा आम नेपालीमा जनचेतना हुनुपर्छ। पहिलो स्ट्रोकको लक्षणका बारेमा नै जानकारी गराउनुपर्छ भनेर हामी लागिपरेका छौं।

स्ट्रोकका प्रमुख लक्षणहरू केके हुन् र कसरी थाहा पाउने ?
मुख बाङ्गिनु, हात कमजोर हुनु, बोली लरबरिनुजस्ता संकेतहरू देखिन्छन्।

यस्ता लक्षण देखिएपछि के गर्ने ?
सकेसम्म छिटोभन्दा छिटो अस्पताल पु¥याउनुपर्छ। साढे ३ देखि ४ घण्टाभित्रको समयावधिमा अस्पताल पु¥याउन सकियो र टीपीए नामक औषधि चलाउन सकियो भने प्रायःजसो बिरामीलाई पँर्णरूपमा निको हुन्छ। नेपालमा पछिल्लो समय यसको उपचार सम्भव भएको हो। त्यसैकारणले धेरै मानिसलाई ज्ञान नभएर, विषय विज्ञ÷विशेषज्ञको कमी, भौगालिक विकटताका कारण, स्ट्रोकको उपचार केन्द्र सीमित र शहर केन्द्रित मात्र भएका कारण अस्पताल पुग्ने समय नै अत्यन्तै ढिलो हुने गरेको छ। यस्तो हुँदा चाहेर पनि चिकित्सकले बिरामीलाई समयमा उपचार गर्न सकिरहेको छैन।

समस्या पहिचान भई अस्पताल पुग्नेहरूमा कत्तिको सफल उपचार भइरहेको छ ?
समयसीमालाई ध्यानमा राखी अस्पताल पुगेकालाई टीपीएको प्रयोग गर्दा २० जनामध्ये १७ जनामा उपचारपछि कुनै पनि समस्या छैन। पुरानै अवस्थामा फर्किनुभएको छ। स्ट्रोकको लक्षण बुझ्ने फास्ट ( ँबकत ) फर्मुला भनेर चिनिन्छ। फास्टको एफ भनेको फेस, एफ भन्नाले कतिपयको मुख बांगिएको, लाटो भएको हुनसक्छ। ए भनेको आर्म, हात खुट्टा कमजोर भएको, एस फर स्पीच बोली लरबरिएको अवस्थामा स्ट्रोक भन्ने बुझ्नुपर्छ। त्यसैले जतिसक्दो चाँडो अस्पताल पु¥याउनुपर्छ। अझै ३ घण्टाभित्र पु¥याउन सकियो भने तत्कालीन अवस्थाको परीक्षण गरी तत्काल टीपीए चलाउन सक्छौं।

प्रत्येक वर्ष विश्वभरिमा लगभग १ दशमलव ५ करोड मानिसलाई मस्तिष्कघात हुन्छ। साथै प्रत्येक वर्ष मस्तिष्कघातकै कारण ६० लाख मानिसको मृत्यु हुन्छ। यस हिसाबले विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जनाको मस्तिष्कघातका कारण मृत्यु हुन्छ।

टीपीए के हो र यसको फाइदा के ?
टीपीएको फाइदा भनेको अधिकांश बिरामीलाई स्वस्थ अवस्थामा जस्तो थियो त्यस्तै बनाउनेखालको औषधि हो। त्यसैले यो औषधि चलाउन समायावधि अत्यन्तै महŒवपँर्ण हुन्छ।

स्ट्रोकमा विशेष गरी कति प्रकारका लक्षणहरू हुन्छन् ?
स्ट्रोकमा धेरै प्रकारका लक्षणहरू हुन्छन्। विशेषतः ३ प्रकारका हुन्छन्। जसमा रिंगटा लागिरहनु र हिँड्नलाई अप्ठ्यारो हुनु पनि एक प्रकारको स्ट्रोकको लक्षण हो। यो उच्च प्रविधिको माध्यमबाट पहिचान भएको लक्षण हो। उच्च रक्तचाप र मधुमेह पनि स्ट्रोक गराउन सक्ने आधार हुन्। यसका साथै मोटोपना, नियमित व्यायाम नगर्ने बानी, उच्च कोलेस्टेरोल, धुम्रपान तथा मद्यपान कारक तŒवका रूपमा रहेका छन्।

स्ट्रोक हुनै नदिन के गर्ने ?
नियमितरूपमा स्वास्थ्य परीक्षण गराउने। खानपान, व्यायाममा ध्यान दिने।

अन्यखालको लक्षण केके हुन सक्छ ?
बेला बेलामा शरीरको एक भाग मात्र झम्म भएर आउने। फेरि राम्रो हुने, केहीबेरका लागि कमजोरी भएको छ भने आफैले पहिचान गर्न सकिन्छ। यस्तो भएमा तत्काल नसा रोगको डाक्टरलाई देखाउनुपर्छ। यो स्ट्रोकको लक्षण (टीआईए) सेमिक एट्याक हो। यो एकछिनका लागि एट्याक हुनु र फेरि राम्रो हुनु। त्यो भनेको ठँलो अट्याक हुँदै छ भनेर शरीरले संकेत दिइराखेको हो। यस बारेमा काठमाडौं शहरभित्रका बासिन्दामा अलिकति जागरुकता देखिएकै कारण कुनै कुनै बिरामी आधा घण्टामै आइपुगेको रेकर्ड पनि छ तर आम जनमानसमा भने जनचेतना पुगेको छैन।

स्ट्रोक कम गर्न के गर्नुपर्ला ?
आज जनमानसमा देशैभरि जागरुकता अभियानको खाँचो छ। यतिमात्र नभई शारीरिकरूपमा परिश्रम गर्ने र खानपानमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ।

पछिल्लो समय स्ट्रोकका बिरामी बढेको हो ?
पक्कै पनि हो। यतिबेला रोगको पहिचान र उपचार विधि सहज भएर पनि रोगको पहिचान धेरै भएको छ। अर्को मानिसको जीवनशैली पनि परिवर्तित छ। धेरै तनाव लिने, पश्चिमा शैलीको बढी आरामदायी जिन्दगी बिताउने, शारीरिक व्यायाममा ध्यान नदिने पनि कारण छ। यी समस्याका कारण कतिपयलाई कोलेस्टोर, प्रेसर बढेर स्ट्रोकको समस्या बढेको छ।

समयसीमालाई ध्यानमा राखी अस्पताल पुगेकालाई टीपीएको प्रयोग गर्दा २० जनामध्ये १७ जनामा उपचारपछि कुनै पनि समस्या छैन, पुरानै अवस्थामा फर्किनुभएको छ। स्ट्रोकको लक्षण बुझ्ने फास्ट फर्मुला भनेर चिनिन्छ। फास्टको एफ भनेको फेस, एफ भन्नाले कतिपयको मुख बांगिएको, लाटो भएको हुनसक्छ। ए भनेको आर्म हातखुट्टा कमजोर भएको, एस फर स्पीच बोली लरबरिएको अवस्थामा स्ट्रोक भन्ने बुझ्नुपर्छ।

नेपालमा स्ट्रोकका बिरामी कति छन् र यसको वृद्धिदर कस्तो छ ?
नेपालका विभिन्न अस्पतालमा गरिएको अनुसन्धानमा युवाहरूमा स्ट्रोक बढेको पाइएको छ। २० वर्षको युवामा पनि स्ट्रोकको समस्या देखिनु र उपचारको पहँुचमा पुग्न ढिला हँुदा उपचार गर्न नसकिएका दुःख लाग्दा यथार्थ धेरै छन्। यसको मँल कारण खानपान, समयमा अस्पताल नपुग्नु, भौगोलिक अवस्था, स्वास्थ्य संस्था र चिकित्सक पर्याप्त नहुनु नै हो। विश्वको तथ्यांकलाई नियाल्ने हो भने स्ट्रोक तेस्रो नम्बरमा पर्छ। यसले मृत्यु, अपाङ्गता ल्याउने अर्थात् स्वास्थ्य क्षेत्रमा नकारात्मक प्रभाव पार्ने तेस्रो नम्बरको रोगका रूपमा रहेको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा स्ट्रोक पाँचौं नम्बरमा रहेको छ।

स्ट्रोकलाई न्युनीकरण गर्ने उपाय के छ ?
जनचेतनामँलक शिक्षाका साथै चिकित्सकमा पनि उच्चस्तरीय तालिम र शिक्षाको व्यवस्था हुनुपर्छ। साथ साथै दक्ष जनशक्ति उत्पादनमा राज्यको ध्यान पुग्नुपर्छ। स्ट्रोक उपचार गरे निको हुन्छ र समयमा उपचार गराउनुपर्छ भन्ने मुख्य सन्देश जनतासम्म पुग्नुपर्छ। पहिला स्ट्रोक भयो भने अब मान्छेको कामै छैन भन्ने सन्देश बाहिरिएको कारण कतिपय व्यक्तिमा अहिले पनि त्यस्तो भान हुन सक्छ। तर अहिले नयाँ नयाँ प्रविधि र पद्धतिको विकासले स्ट्रोकको पनि उपचार हुन्छ र मान्छे पहिलाजस्तै स्वस्थ हुन्छ। केही समय औषधि र फिजियोथेरापी गर्दा निको हुन्छ। स्ट्रोक इज ट्रिटेबल, स्टोक इज प्रिभेन्टेबल भन्ने सन्देश आम जनमानसमा पु¥याउनु जरुरी हुन्छ।

रोकथामको उपाय के हुन सक्छन् ?
रक्तचाप, मधुमेह नियन्त्रण, नियमित व्यायाम, स्वस्थ खाना, मोटोपना नियन्त्रण, धुम्रपान तथा मद्यपान नगर्नु नै हो।

अन्नपूर्ण न्यूरो अस्पतालमा पछिल्लो समय कति जना स्ट्रोकका बिरामीको उपचार भयो ?
पछिल्लो समय डेढ वर्षमा ५ सय ६० जना स्ट्रोकका बिरामीको उपचार गरेको तथ्यांक हामीसँग छ। यसमध्ये ४ सयको
हाराहारीमा सेमिक स्ट्रोक भएका बिरामी छन्। बाँकी हेमोरेजिक बिरामी छन्। एउटा अस्पतालको तथ्यांकले नेपालमा स्ट्रोकका बिरामीको भयावह स्थितिको चित्रण गर्दछ।

विश्वको तथ्यांक कस्तो रहेको छ ?
प्रत्येक वर्ष विश्वभरिमा लगभग १ दशमलव ५ करोड मानिसलाई मस्तिष्कघात हुन्छ। साथै प्रत्येक वर्ष मस्तिष्कघातकै कारण ६० लाख मानिसको मृत्यु हुन्छ। यसको अर्थ विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जनाको मस्तिष्कघातका कारण मृत्यु हुन्छ।

स्ट्रोक भइसकेका बिरामीलाई के कुरामा ध्यान दिनुपर्छ ?
मस्तिष्कपछिको पुनस्र्थापना सेवा मस्तिष्कघात भएको केही दिनमै शुरू गर्नुपर्छ। यसका लागि गरिने फिजियोथेरापी, स्पिच थेरापी, भोकेस्नल थेरापी, सुईद्वारा गरिने उपचार पद्धति, सामाजिक पुनस्र्थापना, नर्सिङ सेवा, खानपानलगायतका सेवाले मस्तिष्कघातपछि हुने जटिलतालाई सुधार गर्न सकिन्छ।

अन्तिममा स्ट्रोकका बारेमा भन्नै पर्ने केही छ कि ?
स्ट्रोक भनेको जति चाँडो न्युरोका चिकित्सक भएको ठाउँमा पुग्ने र स्ट्रोकको पहिचान र लक्षणलाई ध्यान दिने गरेमा उपचार हुन्छ। जति चाँडो उति राम्रो जति ढिलो उति ढिलो उपचार हुने भएकाले समयको महŒवलाई ध्यान दिनुपर्छ।

स्ट्रोकपछि आउन सक्ने जटिलताहरू के के हुन् ?
-शरीरको कुनै भाग नचल्ने÷प्यारालाइसिस हुने।
– दिसा–पिसाब कन्ट्रोल नहुने।
– शरीरको कुनै भाग दुखिरहने।
-बोलीमा समस्या आउने। स्मरणशक्ति हराउने।
-अरूले बोलेको बुझ्न गाह्रो हुने। मानसिक समस्याहरू देखापर्ने।
– हिँडडुल तथा दैनिक क्रियाकलापमा समस्या आउने।
-यस्तो हुन नदिन समयमै उपचारको पहुँचमा पु¥याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्