बक्सिङमा आर्मीलाई ४ स्वण



कविरस शर्मा÷ कुमार श्रेष्ठ, बांके
बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीका बक्सरले ४ स्वर्ण जितेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार भएको पुरुषतर्फको फाइनलमा सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पूनम रावलले स्वर्ण जित्न सफल भए । पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका प्रदीप महर्जनलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण जितेका हुन् भने पुरुष ९१ केजीभन्दा माथिको तौल समूहको उपाधि भिडन्तमा प्रदेश ३ का सनी जुवाले पहिलो राउण्डमा खेल परित्याग गरेपछि आशिषले स्वर्ण चूमे ।

त्यसैगरी महिला ५१ केजीको फाइनलमा नेपाल आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई स्प्लिट निर्णयको आधारमा पराजित गर्दै स्वर्ण हात पारिन् । पूनमले पनि एपीएफकी विनिता थापा मगरलाई युनानिमोस निर्णयको आधारमा हराउँदै स्वर्ण चुमिन् ।


सोमबारै सम्पन्न पुरुष ५२ केजीको सेमीफाइनलमा सफलता हात पार्दै एपीएपÞmका विक्रम परियार र आर्मीका तेज बहादुर देउबाले फाइनलमा भेट पक्का गरेका छन् । पुरुष ५६ केजी तौल समूहको फाइनलमा भने एपीएफका पूरन राई र प्रदेश १ का सुरेन्द्र राईले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ६० केजी तौल समूहमा एपीएफका प्रकाश लिम्बु इजम र आर्मीका एक बहादुर घले फाइनलमा प्रवेश गरेका छन् ।

सुदुरपश्चिम र आर्मी सेमिफाईनलमा
सुदुरपश्चिम प्रदेश र नेपाल आर्मी महिला हक्कीको सेमिफाईनलमा प्रवेश गरेका छन्।

आईतवार भएको लिग खेलमा मिलिमा पाण्डे र तनु गुरुङको ह्याट्रिक गोलको मद्दतमा सुदुरपश्चिम प्रदेशले प्रदेश ३ माथी १०–० गोलको सहज जित निकाले पछि समूह ए बाट सुदुरपश्चिम र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन् । मिलिमाले १७औं,३४औं,३६औं र ५८औं मिनेटमा ४ गोल गरिन भने तनु गुरुङले २१औं,३१औं र ४५औं मिनेटमा गोल गदै ह्याट्रिक पुरा गरेकी थिईन् ।

दमरा भट्टले १२औ मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएकी थिईन् भने ३४ औं मिनेटमा दोश्रो गोल गरेकी थिईन् । खेलको ५५औं मिनेटमा सुनिता नेगीले पनि एक गोल थपेकी थिईन् । समूह ए मा रहेको प्रदेश ३ लिग चरणका दुवै खेलमा पराजित भएको पछि प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमवार हुने सुदुरपश्चिम र आर्मीबीचको खेलबाट समूह बिजेताको छिनोफानो हुने छ । खजुराको सुक्रमावि मैदानमा भएको समूह बीको लिग खेलमा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ ।

मिना परियारको २ गोलको सहयोगले गण्डकीले प्रदेश १ लाई ४–० गोलले हरायो । गण्डकीका लागि मिनाले २९औं र ४३ औं मिनेटमा गोल गर्दा देविका बिक ४०औं मिनेट र कमला रानाले ४५औं मिनेटमा एक–एक गोलको योगदान दिए । सोमवार प्रदेश २ र गण्डकी प्रदेश तथा आर्मी र सुदूरपश्चिमबीच अन्तिम लिग खेल हुने छ ।

फेन्सिङमा सेना च्याम्पियन
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा नेपाली सेना टीम च्याम्पियन बनेको छ ।

६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको हो । दोस्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेस्रो स्थानमा चित्त बुझायो ।
प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए ।

हक्कीमा प्रहरी र प्रदेश ७ सेमिफाइनलमा
नेपालगञ्जको मंगलप्रसाद माविको मैदानमा चलिरहेको पुरुष हक्कीमा नेपाल प्रहरी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् ।
प्रहरीले लगातार तीन खेल जित्नेक्रममा आइतबार विहान नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । प्रहरीका ३० मिनेटमा मनोज चौधरी र ५० मिनेटमा सागर आचार्यले गोल गरे । आर्मीबाट ५५ मिनेटमा दिपेन्द्र ऐरले एक गोल गरेका थिए । प्रहरीले अझै एक खेल खेल्न बाँकी रहेको छ । समूह बीमा रहेको सुदूरपश्चिम प्रदेश पनि उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेको छ । यो समूहबाट प्रदेश ५ समूह विजेता हुँदै अन्तिम चारमा पुगिसकेको छ ।

जुडोमा मनीतालाई स्वर्ण
आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको पहिलो दिन प्रहरीकी मनीता श्रेष्ठ प्रधानले स्वर्ण जितेकी छन् ।

महिला ५७ केजीमुनि फाइनलमा मनीताले प्रदेश ३ की कविता नेपालीलाई पराजित गरिन् । प्रदेश ३ की देवकीमाया श्रेष्ठ र गण्डकीकी सुमी थापा तेश्रो भए । ४८ केजीमुनि प्रदेश ५ की सोनिया भट्टले एपीएफकी धनदेवी रोकायालाई हराउदै पहिलो भइन् । प्रदेश ५ की सारदाकुमारी खत्री र प्रहरीकी रत्ना तामाङ तेश्रो भए ।

७० केजीमुनि प्रहरीकी निशा चौधरी पहिलो भइन् । फाइनलमा निशाले आर्मीकी विनिता मगर खत्रीको चुनौती पन्छाइन् । प्रदेश ३ की रञ्जना खड्का तथा आर्मीकी रचना श्रेष्ठ संयुक्त रुपमा तेश्रो बने ।

पुरुष ६० केजीमुनि प्रहरीका उमेर मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका कर्मा तामाङलाई पन्छाए । एनआरएनका मोहन बम तथा प्रहरीका सुदेश दोङले तेश्रो स्थानमा चित्त बुझाए । ६६ केजीमुनि फाइनलमा प्रहरीका इन्द्रबहादुर श्रेष्ठले प्रदेश ३ का सुनील नगरकोटीमाथि जित दर्ता गर्दै स्वर्ण जिते । एपीएफका निर्दोष चलाउने तेश्रोमा सीमित भए ।

पुरुष ८१ क्ेजीमुनि आर्मीका पवनकुमरा श्रेष्ठ तथा १०० केजीमाथि प्रहरीका राजन जोशीले पहिलो स्थान कब्जा गरे । फाइनलमा पवनले प्ररहीका मनीष महतो तथा राजनले प्रणितसिंह ठकुरीलाई पाखा लगाए । ८१ केजीमा एपीएफका लेलिन डंगोल र प्रदेश २ का गुड्डुकुमार सकानु तथा १०० केजीमाथि सुदूरपश्चिम प्रदेशका आशिष ओझा तेश्रो स्थानमा रहे ।

प्रदेश ५ लाई सफलता
आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।

प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् ।

अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७, प्रहरीकी अनुषा मल्लले १६ र आर्मीकी मिना गुरुङले ९ अंक जोडे ।
पुरुषमा प्रदेश ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्