डेढ साता जापानी शेयर बजार बन्द हुने



टोकियो (एजेन्सी)
जापानको शेयर बजार डेढ साता बन्द हुने भएको छ । जापानमा २७ अप्रिलदेखि ६ मे तारिखसम्म १० दिन बिदा हुने भएकाले शेयर बजार बन्द हुने भएको हो ।

शनिबार र आइतबारलाई छुट्याउने हो भने बजारमा कारोबार अवधि लगातार छ दिन बन्द हुनेछ । जापानी शेयर बजार यति लामो अवधि बन्द हुने यो दोस्रो विश्व युद्धपछिकै पहिलो हो ।

लगातारको बिदाका कारण जापानी शेयर बजार बन्द हुने भएपछि नियमक निकाय र कारोबारीहरु चिन्तित भएका छन् । जापानमा बिदा भएको समयमा विश्वमा कैयांै आर्थिक घटना घटिरहन्छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले १ मे तारिखमा ब्याज दरको घोषणा गर्नेछ । त्यो समयमा कारोबारीले आफ्नो शेयर बिक्री गरेर पैसा निकाल्न पनि पाउदैनन् ।

यसअघि नया“ वर्षमा चार दिन बिदा हुनु अगाडि निकी सूचकमा ५ प्रतिशतसम्मको गिरावट आएको थियो । मुद्रा बजारप्रतिको चिन्ता पनि त्यत्तिकै छ, यो शेयर बजारभन्दा ठूलो हुन्छ । तारिखको दृष्टिकोणबाट टोकियोको बजार सबैभन्दा पहिले खुल्छ र न्यूयोर्कको सबैभन्दा अन्त्यमा बन्द हुन्छ । नया“ वर्षको समयमा टोकियोको बजार बन्द रहेको थियो । यसपछि जनवरी ३ मा बजार खुल्दा तहन नहसको स्थिति आएको थियो । अस्ट्रेलियन डलर तथा टर्कीको लिरा बिक्रीका लागि ठूलै अर्डर आएको थियो । यसको प्रतिफल स्वरुप जापानी येन एक दशकमा जत्ति बलियो भएको थियो त्यत्तिनै ७ मिनेटमा अधिमूल्यन भएको थियो ।

त्यस्तै जापानमा राष्ट्रिय बिदालाई मिलाएर प्रत्येक वर्ष गोल्डन साता मनाइन्छ । यस वर्ष युवराज नारुहितोलाई नया“ राजा बनाइ“दै छ । यस कारण पनि बिदाको अवधि लामो हुनेछ । यसले २७ अप्रिलदेखि ६ मे तारिखसम्म १० दिन बिदा हुनेछ । यसैले गर्दा धेरैजसो बैंक पनि बन्द हुनेछ । यसका लागि जापानका वित्तीय सेवा एजेन्सीले जनतालाई नगद पैसा निकालेर राख्न र बैंकको एटीएमबाट निकालिने पैसाको मात्रा बढाउनका लागि पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्