सेञ्चुरी बैंकको ‘सेञ्चुरी सबैको खाता’



 

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले सरकारको ‘समृद्धिसं“ग जोडौं नाता, सबै नेपालीको बैंक खाता’ नारासहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्र्तगत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ । शून्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६ दशमलव ५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

त्यस्तै २५० रुपिया“मा ५ वर्षको लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वयम् बंैकले सय रुपिया“ सो खातामा जम्मा गरिदिनेछ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरका साथै १३ वटा शाखारहित बैंकिङ केन्द्र गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्