नेपाल टेलिकमको १४ वटा प्याकेजसहितको स्प्रिङ अफर



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको स्प्रिङ अफर ल्याएको छ । उक्त अफरअन्तर्गतको सेवा २०७५ चैत ३० गतेदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिए कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर ल्याइएको हो ।

एक घण्टा अनलिमिटेड प्याक ः यस प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपिया“मा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा १० मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ ।

अल टाइम डाटा प्याक ः जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।
अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपिया“देखि ९९० रुपिया“सम्मका प्याक उपलब्ध छन् । यसअन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिनदेखि ४२ दिनसम्म हुनेछ । साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपिया“को १०० एमबी, ७ दिनका लागि १०० रुपिया“को ५०० एमबी र २८ दिनका लागि ५०० रुपिया“को ४५०० एमबी भोल्युमको इको प्याकसमेत उपलब्ध हुन्छ ।

डे डाटा प्याक ः डे डाटा प्याकअन्तर्गत ९ रुपिया“मा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिने छ ।
त्यस्तै एक जीबी पर डे डाटा प्याक ः यस प्याकअन्तर्गत ४५ रुपिया“मा १ दिनका लागि १ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ । साथै २५० रुपिया“मा ७ दिनका लागि ७ जीबी र ८५० रुपिया“मा २८ दिनका लागि २८ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

नाइट डाटा प्याक ः नाइट डाटा प्याकअन्तर्गत एक रातका लागि ९ रुपिया“मा १२५ एमबी र ७ रातका लागि ४५ रुपिया“मा ६३० एमबी डाटा प्रयोग गर्न सकिने छ । यो प्याक राति ११ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड नाइट डाटा प्याक ःअनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत १ रातका लागि १५ रुपिया“मा र ७ रातका लागि ८५ रुपिया“मा अनलिमिटेड डाटा प्रयोग गर्न सकिन्छ । सो प्याकअन्तर्गतको डाटा राति ११ बजेदेखि विहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिन्छ ।

सोसियल मिडिया प्याक ः सोसियल मिडिया डाटा प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसअन्तर्गत ६ रुपिया“मा ३६ एमबी डाटा १ दिन, ३० रुपिया“मा १५० एमबी डाटा ३ दिन र ६० रुपिया“मा ३२५ एमबी डाटा ७ दिनका लागि २४सै घण्टा उपलब्ध हुनेछ ।

डाटा स्ट्रिमिङ प्याक ः डाटा स्ट्रिमिङ प्याकअन्तर्गत १२ रुपिया“मा १५० एमबी डाटा १ दिनका लागि, ३० रुपिया“मा ४०० एमबी डाटा ३ दिनका लागि र ६० रुपिया“मा ९०० एमबी डाटा ७ दिनका लागि २४सै घण्टा उपलब्ध हुने छ ।

अल टाइम भ्वाइस प्याक ः अल टाइम भ्वाइस प्याकअन्तर्गत १२ रुपिया“देखि ५०० रुपिया“सम्मका प्याक उपलब्ध छन् । यसअन्तर्गत १४ मिनेट देखि ११०० मिनेट सम्मका भ्वाइस प्याक खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि १ दिनदेखि ४२ दिनसम्म हुनेछ । भ्वाइस प्याकको रुपमा एक दिनका लागि १२ रुपिया“को १४ मिनेट, ३ दिनका लागि ३० रुपिया“को ४० मिनेट, ७ दिनका लागि ६० रुपिया“को ७५ मिनेट, २८ दिनका लागि २४० रुपिया“को ४९० मिनेट र ४२ दिनका लागि ५०० रुपिया“को ११०० मिनेटको भ्वाइस प्याक उपलब्ध हुनेछ ।

त्यसैगरी २५ रुपिया“मा १ दिनका लागि ४० मिनेट र १०० रुपिया“मा ७ दिनका लागि १९० मिनेटको इकोनोमी प्याकसमेत उपलब्ध गराइएको छ ।
नाइट टाइम भ्वाइस प्याक ः नाइट टाइम भ्वाइस प्याकअन्तर्गत ९ रुपिया“मा १ रातका लागि ६० मिनेट, १५ रुपिया“मा ३ रातका लागि १७० मिनेट र ३० रुपिया“मा ७ रातका लागि ३४० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । सो प्याकअन्तर्गत राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र कल गर्न सकिने छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याक ः यस प्याकअन्तर्गत १२ रुपिया“मा १ रातभर कम्पनीकै नेटवर्कभित्र जति पनि (असीमित) कल गर्न सकिने छ । सो कल राति १० बजेदेखि विहान ६ बजेसम्म गर्न सकिन्छ ।
डे टाइम भ्वाइस प्याक ः डे टाइम भ्वाइस प्याकअन्तर्गत ९ रुपिया“मा विहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी ९० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एसएमएस प्याक ः एसएमएस प्याकअन्तर्गत ५ रुपिया“मा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस उपलब्ध हुनेछ । त्यस्तै १५ रुपिया“मा ७ दिनसम्म ७० वटा एसएमएस र ६० रुपिया“मा २८ दिनसम्म ३०० वटा एसएमएस गर्न सकिने छ ।

एप डाउनलोड गर्दा निःशुल्क डाटाः कम्पनीको एप ‘नेपाल टेलिकम’ पहिलोपटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क उपलब्ध गराइने छ ।

साथै पहिलेदेखि नै विन्टर अफरका रुपमा उपलब्ध विद्यार्थी अफर, इन्डिया कल अफर, सीयूजी प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज, एफटीटीएच व्यक्तिगत प्याकेज, एफटीटीएच कर्पोरेट युजर प्याकेज, मिस्ड कल अलर्ट र एफटीटीएचमा निःशुल्क भ्वाइस सुविधालाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्रिक १४१५ ह्यास्मा डायल गर्नुपर्ने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्