महाभारतको चुचुरोमा राष्ट्रिय झण्डा फहराउँदै नयाँ पदमार्ग खोलिने



धादिङ ।
महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको पहिलो दिन बैशाख १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो ।

पर्यटनको प्रच्युर संभावना बोकेको भूमिचुली क्षेत्रको सबै भन्दा अग्लो झण्डाचुलीमा २०३२ साथ तिर नेपालको राष्ट्रिय झण्डा गाडिएको थियो । इतिहासलाई स्मरण गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले भूमिचुली क्षेत्र पर्यटन प्रवद्र्धन नागरिक अभियानको आयोजनामा झण्डा स्थापना गरिएको हो ।

मकवानपुरको थाहा नगरपालिका, धादिङको थाक्रे र गल्छी गाउँपालिकाको संगमस्थल झण्डाचुलीलाई एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा पुष्पराज कंडेलले बताउनुभयो । ऐतिहासिक, प्राकृतिक र धार्मिक महत्व बोकेको यस क्षेत्रमा एकीकृत पर्यटन पूर्वाधार निर्माण गर्दा छिटो समृद्धि हासिल हुने भएकाले आफुले यस क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो सरकारले अगाडी बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियान बनाउन मुल संवाहकको रुपमा पर्यटनलाई महत्वपुर्ण अंगको रुपमा लिएका छौं ।

आदिबासी जनजाती तामाङ र चेपाङको बसोबास रहेको यस क्षेत्रमा नयाँ पदमार्ग खोल्न यही वर्ष अध्ययन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, महाभारत पर्यटनका लागि खोलिएको थिएन । यो मार्ग नयाँ प्रयोग पनि हुन्छ । यो काठमाडौं, नारायणगढ र हेटौंडाको बीचमा परेकाले यसको संभावना धेरै छ । यस क्षेत्रमा बस्ने तामाङ र चेपाङ जातिको उत्थानका लागि पनि यस मार्गले ठुलो भूमिका खेल्छ ।

पाँच वटा पालिका रहेकालाई जोड्न तत्काल सडक निर्माण गर्नु पर्ने भएकाले प्रदेश सरकारलाई यसलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बताउनुभयो । विकासका लागि स्थानीयलाई कस्सिएर लाग्न अनुरोध गनुभयो ।

गाँजा पदमार्ग मारिजोना ट्रेकिङ ट्रायल राखौँः त्रिपाठी
कार्यक्रमका विशेष अतिथि धादिङ क्षेत्र नं। १ का सांसद भुमि त्रिपाठीले यस क्षेत्र हुँदै अध्ययन गर्न लागिएको चनदागिरी चेपाङहिल पदमार्गलाई गाँजा ट्रेकिङ ट्रायल नाम राख्न प्रस्ताव गर्नुभएको छ । यस क्षेत्रमा अत्याधिक उत्पादन हुने गाँजाको महत्व र बारे प्रष्ट पार्दै त्रिपाठीले पदमार्गको नामै गाँजा हिल राख्ने बताउनुभयो । उहाँले भन्नुभयो गाँजा ओसार पसार गर्न प्रतिबन्धित छ, तर नाममा प्रतिबन्ध छैन नि !

अर्को उदाहरण दिँदै भन्नुभयो, गैंडा मार्न बेच्न पाइन्न । तर गैंडाको नाममा कति प्रतिष्ठानहरु खुलेका छन् । गाँजा विकसित राष्ट्रहरुले लागुऔषध हैन, यो मेडिसिन हो भनेर खुल्ला गरिसकेको छ । हामीले पनि यो अभियान शुरु गरिसकेका छौं । संसद भित्र यो विषयले प्रवेश पाइसकेको छ । गाँजा ओसारपरास गरेको, भरिया भएको निहँुमा हाम्रा दाजुभाई जेल परेका छन् ।

जसले यो प्रतिबन्धित भनेको थियो उसैले खुल्ला गरिसकेको छ भने हामी किन नगर्ने ? ओसार पसार गर्न पाइन्न, पर्यटकलाई औषधिको रुपमा चखाउन सकिन्छ । हाम्रो जंगलमा त्यत्तिकै उम्रिने जाँजालाई हामी पर्यटक आकर्षित गर्ने प्रडक्ट बनाउन सक्छौं भन्दै उहाँले यस क्षेत्रको समृद्धिका निम्ति गाँजा हिललाई स्थापित गर्न लागि पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो हाम्रो महाभारतको लेकमा कसरी समृद्धि ल्याउने भनेर अध्ययन गर्न हामी यहाँ आएका हौं । समृद्धि सडकमा मात्र देखेर हुँदैन । महाभारत लेकमा कसरी समृद्धि ल्याउने भनेर गृह कार्य गरेका छौं । चन्द्रागिरिदेखि तोप्लाङहुँदै प्रत्येक बसाइमा फरक फरक गन्तव्य बनाउँदै छौं । गन्तव्य बनाउँदा यहाँको एकीकृत विकास गर्ने योजना बनाएको बताउँदै सांसद त्रिपाठीले सडक कालोपत्रे देखि होमस्टे प्रवद्र्धनका काममा लागेका छौं ।

यस क्षेत्रका पाँच वटा स्थानीय तहलाई समेटेर चक्रपथ निर्माण गर्न प्रस्ताव अगाडी बढाइएको बताउनुभयो । यहाँ दशौं अर्व खर्च गर्न सक्ने प्रोजेक्ट बनाएको जानकारी दिनुभयो । संसारकै ठुलो शिव मुर्ति यही रुटमा बनान लागिएको बताउनुभयो । प्रत्येक बसाइमा नयाँ गन्तव्य बनाउन लागिएको बताउँदै यो रुटमा एक दिन देखि नौ दिनसम्म जति मन लाग्छ त्यति दिन हिँड्ने र छोट्याउन चाहे दुई घण्टामा पृथ्वीराजमार्ग पुगेर आफ्नो गन्तव्यमा पुग्न सकिने बताउनुभयो ।

यहाँको लागि कस्तो पूर्वाधार बनाउन आवश्यक छ भनि अध्ययन गर्न आएको बताउँदै सांसद त्रिपाठीले भन्नुभयो तोप्लाङमा भ्यूटावर सहित होमस्टे, रानीझरनामा क्यानोनिङ पार्क, थामभञ्ज्याङमा बुद्ध मूर्ति सहित पार्क, भूमिचुलीमा गुम्बा र स्तुपा, कैलाश, सुन्दरनागीमा संसारकै ठुलो शिव मुर्ति, कान्द्राङ गढीमा पार्क र नोहक संरक्षण र पदमार्ग निर्माण गर्ने योजना बनाएका छौं । यी कामका लागि प्रस्तावहरु पेश गरिसकिएकोले आगामी बजेटबाटै कार्यान्वयन शुरु हुने उहाँले बताउनुभयो ।

प्रदेश नीीत तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले गर्न सक्ने पूर्वाधार निर्माणका निम्ति आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । विकासका निम्त स्थानीय लागि पर्नुपर्छ भन्दै बस्नेतले कृषि र जडिबुटी पनि पर्यटन प्राडक्ट भएकाले फलफुल खेतीमा अगाडी बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले यस क्षेत्रको विकासका लागि तीनै तहको सरकारसंग समन्वय गर्ने बचनबद्धता गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्