चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृत २० हजार घूससहित पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।
चन्द्रागिरी नगरपालिका बलम्बु, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाशचन्द्र भट्टराई बीस हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई सोमबार कार्यालय बाहिर पक्राउ गरेको हो ।
सडक मर्मत सम्पन्न पश्चातको रकम भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो । उनीमाथि अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्