स्थायी शिक्षकको अध्यापन अनुमतिपत्र नक्कली



काठमाडौं । जनता उच्च माध्यमिक विद्याल, गिद्दा–बेलापट्टी धनुषाकी शिक्षक शर्मिला कुमारी मण्डलको प्राथमिक विद्यालय तहको अध्यापन अनुमतिपत्र नक्कली रहेको अख्तियारले पुष्टि गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंले प्रा.वि. तृतीय, महिला शिक्षक दरबन्दीमा नियुक्ति लिई लाभसमेत लिई भ्रष्टाचार गरेको ठहर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसुर गरेको पुष्टि हुन आएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी गरेर विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्