धर्मगुरुका नाममा युवतीको बलात्कार तथा बेचबिखन



प्रदिप भण्डारी, काठमाडौँ ।
आफूलाई धर्मगुरु भन्दै एक व्यक्तिले युवतीलाई १५ दिनसम्म यौन उत्पिडन र यातना दिएको खुल्न आएको छ । काठमाडौँ बल्खु बस्दै आएका भारत बैसालीका ४८ वर्षीय सलिम फुल महमदले एक काठमाडौँकी २६ वर्षीया अनिता (नाम परिवर्तन) लाई यस्तो गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार आमाकाे उपचारमा भौतारिरहेकी अनिताको सलिमसंग बल्खुको एक मासु पसलमा भेट भएको थियो । भेटपछि उपचारका क्रममा अनिताकी आमालाई भारत लैजाने भन्दै सलिमले अनितालाई पुनः बल्खु भेट्न बोलाइ पय पदार्थ खुवाई बेहोस बनाएका थिए । बहाेसपछि भने सलिमले अनितालाइ बल्खुबाट वीरगञ्जसम्म टाटासुमो, वीरगञ्जकबाट रिक्सामा भारतको रक्सौल र रक्सौलबाट रेलमा अजमेर पुर्याएर अनिताको लामो समयसम्म पटक–पटक बलात्कार गरेका थिए ।

लामाे समयसम्म अनिताकाे कुनै खबर नअाएपछि आफन्तले गत माघ ८ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात भारतीय प्रहरीकाे सहयाेगमा भारतको मोतिहारीबाट गत माघ २३ गते अनिताकाे उद्धार गरिएको थियाे । सलिम उक्त समयमा फरार भएका थिए तर उनलाई प्रहरीले चैत २३ गरे बल्खुबाट पक्राउ गरेको छ ।

प्रहरीले सलिमको साथबाट १४ थान सिमकार्ड र ४ वटा विवाह दर्ताको प्रमाणपत्र बरामद गरेको छ । सलिमको साथबाट विवाह दर्ताका प्रमाणपत्र बरामद भएकाले उनले भारत युवती बेचविखन गर्दै आएको आशंका गरिएको प्रवक्ता बोगटीले बताउनुभयो ।

यसबारे अदालतबाट अनुसन्धान म्याद थप गरि अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्