जथाभावी सडक खन्दा विद्यालय क्षतिग्रस्त, विद्युत अवरुद्ध



दयाराम पण्डित, बाजुरा ।
बाजुराको बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिका जोड्ने दैयाँ जगन्नाथ सडक निमार्णका क्रममा शुक्रबार ढुङ्गा खसेर विद्यालय भवन पूर्ण रुपमा क्षति भएको छ । बुढीनन्दा नगरपालिका वडा नं ६ को दैयाँमा रहेको पशुपति आधारभुत विद्यालयको भवनमा पूर्ण रुपमा क्षति भएको हो ।

पशुपति आधारभुत विद्यालयको माथिबाट निमार्ण भैरहेको सडकबाट खसेका ढुङ्गाका कारण विद्यालयको चार कोठे भवन भत्कीदा करिब २० लाख रुपैयाँ बरावरको क्षति भएको विद्यालयका प्रधानाध्यापक भिमानन्द पाण्डेले जानकारी दिनुुभएको छ । विद्यालयको भवन भत्किए पछि सोमवार देखि शुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको विद्यालयका शिक्षक टंकप्रसाद न्यौपानेले जानकारी दिनुुभयो । डोजर सहचालकले चलाई रहेका बेला सो ढुङ्गाहरु खसेर विद्यालयको भवन पूर्ण रुपमा क्षति हुदा यो बर्ष विद्यार्थीको पढाई समेत प्रभावित हुने भएको छ भने दिवा खाजा कार्यक्रमको सामानमा समेत क्षति भएको छ । रामवनमकिो दिन सार्वजनिक विदा परेकोले मानवीय क्षेत ीभने नभएको वतायएको छ ।

यता बुढीनन्दा नगरपालिका स्थित बड्डीगार्ड खोला लघु जलविद्युत आयोजना पनि सडक निमार्णका कारण करिव डेढ साता देखि अवरुद्ध बनेको छ । बुढीनन्दा नगरपालिकाको सिराडी जाने सडकबाटो निमार्ण गर्दा सो विद्युत सेवा अवरुद्ध बनेको हो । विद्युत सेवा अवरुद्ध भए पछि अहिले कोल्टी क्षेत्रका १५ सय बढी उपभोक्ता अध्यँरोमा वस्न वाध्य भएका छन् ।

यस अघि पटक पटक नहर भत्कीएर अवरुद्ध हुने विद्युत सेवा डेढ हप्ता यता सडक निमार्ण कार्यले अवरुद्ध बनेको हो । डोजरको प्रयोग गरेर सडक निमार्ण गर्न थालिए पछि नहरमा माटो परेर विद्युत सेवा अवरुद्ध बनेको अप्रेटर कर्ण तिरुवाले बताएछन । विद्युत सेवा अवरुद्ध भए पछि अहिले कोल्टी बजार लगायत आसपसाका क्षेत्र प्रभावित भएका हुन ।

विद्युत सेवा अवरुद्ध भए पछि अहिले सरकारी तथा गैर सरकारी कार्यालयको दैनिक कामकाज समेत प्रभावित हुने गरेको छ । एक सय किलोवाट क्षमताको बड्डीगाड खोला लघु जलविद्युतमा ठुलो परिणाममा पैसा खर्च भए पनि नियमति सञ्चालन हुन नसक्दा उपभोक्ताले गुणस्तरीय सेवा पाउन नसकेको गुनासो गरेका छन ।

विद्युत ब्यवस्थापनको जिम्मा स्थानिय तहले लिए पनि गुणस्तरीय सेवा प्रवाह हुन नसकेको प्रति स्थानीयको आक्रोस छ । बाजुराका ग्राणि क्षेत्रका सडक निर्माण गर्दा नत बातावरणीइ असर प्रभाव पर्ने नपर्ने अध्ययन गरिन्छ न त वन जंगल पानी मुहान लगायत अन्य भौतिक संरचनामा असर पर्ने नपर्ने लेखा जोखा गरिन्छ । समिततीको निर्णयका आधारमा सडक निर्माण गर्दा विकासले विनास निम्त्याएको छ ।

प्रतिक्रिया दिनुहोस्