अवैध नगदसहित दुई जना पक्राउ



काठमाण्डौँ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान ८ बजे कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका मास्के मिलिकन वेगलोस्कीको साथबाट अमेरिकी डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार र आकुभ स्टेक्कीको साथबाट अमेरिकी डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा निजहरूलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्