सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता



काठमाडौँ  । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । यो वर्षदेखि ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिने व्यवस्था गरिएको हो ।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय समेत भएको जानकारी दिइएको छ । यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो सुविधा दिइँदै आएको थियो ।

खनालका अनुसार यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्