त्रियुगा नगरपालिकाले घोषणा गर्यो शैक्षिक रूपान्तरण महाअभियान 



विद्यालयले आफ्नो हाताभित्र पाठ्यपुस्तक, सन्दर्भ सामग्री, स्टसनरी र पोसाकको बिक्री–वितरण नगर्ने। अभिभावकले देखिने गरी पाठ्यपुस्तक र प्रकाशकको सूची विद्यालयमा टाँस गर्ने। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत सूचीमा रहेको पाठ्यपुस्तक एकपटक लागू गरिसकेपछि कम्तीमा ३ वर्षसम्म परिवर्तन नगर्ने।
ईश्वरराज ढकाल,
उदयपुरस्थित त्रियुगा नगरपालिकाले शैक्षिक महाअभियान घोषणा गरेको छ। सरकारी विद्यालयलाई निजीको तुलनामा प्रतिस्पर्धी बनाउन महाअभियान थालनी गरेको हो। शैक्षिक रूपान्तरणअन्तर्गत शिक्षा शाखाले विद्यार्थी नभएका चार विद्यालय समायोजन गरेको छ। त्यस्तै चार विद्यालयको कक्षा घटाएको छ। नगरपालिका नगर शिक्षा अधिकारी सीताराम कोइरालाले नगरपालिकामा विद्यार्थी नभएका विद्यालय अन्य विद्यालयमा समायोजन र चार विद्यालयको कक्षा घटाएको जानकारी दिनुभयो।

नगरपालिकाको जनता आधारभूत गैरीटोल, तोरीवारी, झोरा र जनज्योति आधारभूत चप्पन विद्यालयलाई मर्ज गरेको छ। तीमध्ये जनता आधारभूत विद्यालय शाही खोला  आधारभूत विद्यालयमा, तोरीबारी आधारभूत विद्यालयलाई कालीखोला माध्यमिकमा, झोरा आधारभूतलाई बाघचौरी आधारभूत विद्यालय र जनज्योति आधारभूत चप्पनलाई मनमोहन आधारभूत विद्यालय रमाइलो डाँडामा समायोजन गरिएको छ। त्यस्तै कक्षा ५ सम्म स१चालन भइरहेको कुभिण्डे आधारभूत विद्यालयको ३ कक्षासम्म कायम गरी सो विद्यालयको कक्षा ४ र ५  शिद्धवति मावि खाँबुमा स्थानान्तरण गरिएको छ।

संकाली आधारभूत विद्यालय रातमाटको दुई वटा कक्षा घटुवा गरी कक्षा ४ र ५ जनता मावि रानीबासमा समायोजन गरिएको छ। आवि गिजिन्टार आधारभूत विद्यालयको दुई वटा कक्षा घटुवा गरी कक्षा ४ र ५ छाम्लिङ आधारभूत विद्यालयमा कायम गरिएको छ भने बालकन्या आवि सिम्लेको कक्षा ४ र ५ घटुवा गरी साङछोलिङ गुम्बा आधारभूत विद्यालयमा समाहित गरिएको छ। कक्षा थप भएका विद्यालयमा कक्षा ३ सम्म मात्र पठनपाठन हुने गरेको थियो। कार्यालयले निजी विद्यालयको हकमा आगामी ३ वर्षसम्म नयाँ विद्यालय सञ्चालनमा समेत रोक लगाएको छ।

स्थानीय तहले शिक्षाको अधिकार पाएपछि सम्भवतः सो नगरपालिकाले पहिलोपटक विद्यालय समायोजन र कक्षा घटाउने काम गरिएको शाखा प्रमुख कोइरालाले बताउनुभयो। नगरपालिकाले चैत १८ गतेको बैठकले महाअभियान सञ्चालन गर्ने घोषणा गरेलगत्तै विद्यालय मर्ज र कक्षा घटाउने काम गरेको हो। शाखा प्रमुख कोइरालाले यो व्यवस्था वैशाख १ गतेदेखि नै लागू गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘नगरपालिकाले गरेको निर्णय कडाइका साथ पालना गर्न लगाउँछौं, यदि नियम नमाने ती विद्यालयमाथि कडा कारबाही गर्नेछौं।’ नगरपालिकाले थालेको महाअभियानअन्तर्गत ः

१. नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने भन्ने संवैधानिक प्रावधान रहेकाले विद्यालयको नामकोे बोर्ड र विद्यार्थीको परिचयपत्रमा विद्यार्थीको नाम अनिवार्यरूपले देवनागरी लिपिमा (नेपाली भाषा) मा समेत लेख्ने
२. विद्यालय शुरू हुनुभन्दा पहिले राष्ट्रिय गान अनिवार्यरूपमा गाउने व्यवस्था गर्ने र कक्षा शुरू हुनुभन्दा पहिले कक्षागत गीत गाउने अनिवार्य व्यवस्था गर्ने। तोकिएको मापदण्डअनुसारको राष्ट्रिय झण्डा विद्यालयमा अनिवार्यरूपमा राख्ने। राष्ट्रिय गान र राष्ट्रिय झण्डाको प्रयोग गर्दा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार मात्र गर्ने।
३. विद्यालयको अनुमति, स्वीकृति, अपग्रेडजस्ता विषयमा त्रियुगा नगरपालिकाको स्वीकृति नभएका विद्यालयले विद्यार्थी भर्ना गर्न विज्ञापन नगर्ने साथै विद्यार्थी भर्ना गर्नका लागि विभिन्न प्रकारका प्रचारप्रसार नगर्ने। शैक्षिक सत्र शुरू नै नभई विद्यार्थी भर्ना नगर्ने÷नगराउने। लगातार २ वर्षसम्म पनि फ्ल्यास रिपोर्ट नभर्ने, त्रियुगा नगरपालिको स्वीकृति नलिई कम्पनी मात्र अद्यावधिक गर्ने र नचलेका विद्यालयको नामसारी र कम्पनी परिवर्तन गर्नेजस्ता कार्यलाई तत्काल बन्द गरिने।
४. विद्यालयले आफ्नो हाताभित्र पाठ्यपुस्तक, सन्दर्भ सामग्री, स्टेसनरी र पोसाकको बिक्री–वितरण नगर्ने। अभिभावकले देखिने गरी पाठ्यपुस्तक र प्रकाशकको सूची विद्यालयमा टाँस गर्ने। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत सूचीमा रहेको पाठ्यपुस्तक एकपटक लागू गरिसकेपछि कम्तीमा ३ वर्षसम्म परिवर्तन नगर्ने। आधारभूत तह कक्षा ८ सम्मका लागि स्थानीय पाठ्यक्रम निर्माण भइरहेकाले यसका नाममा गणित, विज्ञान, अंग्रेजी, कम्प्युटरजस्ता विषयको पाठ्यपुस्तक खरिद गर्न विद्यार्थी तथा अभिभावकलाई बाध्य नपार्ने।

५. त्रियुगा नगरपालिकाभित्र सञ्चालित विभिन्न शैक्षिक परामर्श केन्द्र, भाषा कक्षा, कोचिङ कक्षा, ट्युसन सेन्टर, मन्टेश्वरीलगायतका विभिन्न शिक्षण संस्थालाई नियमानुसारको शुल्क लिई शिक्षा, युवा तथा खेलकुद शाखामा दर्ता र विवरण अद्यावधिकताका लागि मिति २०७६ साल वैशाख मसान्तसम्मको म्याद दिने।
६. विद्यालयमा स्वच्छ शैक्षिक वातावरण सिर्जना गरी बालमैत्री कक्षा सञ्चालनको प्रबन्ध गर्ने। विद्यालयमा हरियाली कायम राख्न वृक्षरोपण तथा बगैंचाको व्यवस्था गर्ने। सम्भव भएसम्म विद्यार्थीलाई विद्यालयभित्र स्वच्छ पिउने पानीको व्यवस्था गर्ने र विद्यालय हाताभित्र नै चमेना गृहको व्यवस्था गरी विद्यार्थीलाई जंक फुड ल्याउन नदिने। विद्यालयमा हुन आउने फोहोरलाई व्यवस्थित गर्ने। विद्यालयको रङरोगन गर्दा सरकारको कलर कोड अनिवार्यरूपमा प्रयोग गर्ने।

७. केही सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले विभागीय स्वीकृति नलिई विद्यालय समयमा वा बाहिरको समयमा अन्यत्र कार्य गरेको भन्ने जनगुनासो रहेको र यस्तो प्रकारको कार्य शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को ५ (च) को प्रतिकूल हुने हुँदा यस्तो कार्य गरे गराएमा निज शिक्षकलाई सोही दफाबमोजिम विभागीय कारबाही गरिने।

८. विद्यालयको वार्षिक क्यालेन्डर तयार गर्दा त्रियुगा नगरपालिकाभित्रका सबै विद्यालयमा एकरूपता कायम गर्न सबै प्रकारका विद्यालयले शैक्षिक सत्र, २०७६ मा देहायानुसारको व्यवस्थासहितको शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्ने भनी विभिन्न पेसागत शिक्षक संघ–संगठनका प्रतिनिधि, सरोकारवाला र प्याब्सन, एन प्याब्सनका

बीच निर्णय भएको हुँदा देहायानुसार गर्ने ः

ल नेपाल सरकार, प्रदेश सरकार
र स्थानीय सरकारबाट तोकिएका सार्वजनिक बिदामा विद्यालय बन्द रहने,
ल निरन्तर मूल्यांकनका
अतिरिक्त चारपटक विद्यार्थी मूल्यांकन गर्ने,
क) पहिलो मूल्यांकन असार १३ देखि असार २२
ख) दोस्रो मूल्यांकन असोज १ देखि १० (निर्माणात्मक)
ग) तेस्रो मूल्यांकन
पुस ४ देखि १४
घ) चौथो मूल्यांकन
चैत १३ देखि २१
– दशैं र तिहारको बीचमा विद्यालय सञ्चालन गर्ने
– वार्षिक विद्यालय खुल्ने दिन कम्तीमा २ सय २० र अध्यापन हुने १ सय ९६ दिन सुनिश्चित गर्ने

– जाडो बिदा बढीमा ७ मात्र दिन दिने
ल जाडो तथा वर्षे बिदा ः जाडो बिदा बढीमा ७ दिन र अन्य बिदा बिदाबाट मिलान गरी ४५ दिनमा नबढ्ने गरी बाँकी दिन असार महिनामा बिदा
दिन सकिने।

९. विद्यार्थी संख्या कम भएको, शिक्षक संख्या बढी भएको, भौगोलिकरूपमा नजिकै अर्को विद्यालय रहेकाले देहायका विद्यालयमा देहायका विद्यालय गाभी, तह घटाई विद्यालयलाई चुस्त, दुरुस्त र गुणस्तरीय बनाउने भएकाले यसै सूचनालाई आधार मानी त्रियुगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क राखी आवश्यक प्रक्रिया अगाडि बढाउने र बालविकास केन्द्रलाई यथावत सञ्चालन गर्ने।

१०. गाभिने र तह घटाइएका विद्यालयका शिक्षकलाई दरबन्दी शैक्षिक सत्र २०७६ वैशाख १ देखि लागू हुने तत्कालका लागि सबै दरबन्दी नगरपालिकाभित्र पुलमा राखी गाभिई गएका र तह घट भई गएका विद्यालयमा काजमा खटाइने। चल अचल सम्पत्तिका हकमा गाभिई विद्यार्थी लिएका विद्यालयले स्वामित्व ग्रहण गर्ने र शिक्षक तथा कर्मचारीको दरबन्दी, विद्यार्थी संख्या बढी भएका विद्यालयमा अभिलेख
हेरी नगरपालिकाद्वारा पछि वितरण गरिनेछ।

११. शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुखलाई नगर
शिक्षा अधिकारी पद कायम
गर्ने÷गराउने।
१२. आगामी ३ वर्षसम्म कुनै
पनि प्रकारका निजी
विद्यालय नखोलिने।

प्रतिक्रिया दिनुहोस्