आफनै शुक्रकिट प्रयोग गरी ४९ बच्चा जन्माएको खुलासा



हेग (एजेन्सी)
नेडरल्यान्डका एक चिकित्सक ४९ बच्चाका पिता भएको सनिसनिपुर्ण तथ्यको खुलासा भएको छ । जेन क्यारवेट नामक ती डाक्टरले आफना विरामीहरुलाई धोका दिँदै आइरहेका थिए । उनले आईभीएफ विधिमा दातृको सुक्रकितको स्थानमा आफनो सुक्रकिट प्रयोग गर्दै आइरहेका थिए । डिफेन्स फर चिल्ड्रेन नामक एक संगठनले डिएन जाँच गरेपछि यसको भन्डाफोर भएको हो ।

निज्मेजेन सहरको एक अस्पतालमा शुक्रबार गरिएको डीएनए जाँचको नतिजाबाट ४९ बच्चाका पिता क्यारबेट भएको पत्ता लागेको संगठनले बताएको छ । आफनो क्लिनिकमा क्यारबेटले आफनै शुक्रकितको प्रयोग गर्दै आइरहेका थिए । क्यारबेटको क्लिनिक अनियमितताको आरोपपछि सन् २००९ मा नै बन्द गरिसकेको छ र सन् २०१७ मा उनको मृत्यु पनि भइसकेको छ ।

एक डच अदालतद्वारा फैसला सुनाएपछि फेब्रुअरीमा यो मामिला सार्वजनिक भएको हो । अदालतले क्यारेबेटको डीएनए टेस्ट पिडित बच्चा र अभिभावकका लागि उपलब्ध गराउन आदेश दिएको थियो । आफनो मृत्यु अगाडी ८९ क्यारबेटले पनि आफु त्यतिबेला ६० बच्चाका पिता भएको स्विकार गरेका थिए ।

आफुले दातृको शुक्रकितमा मिलावट रेको र दातृको कागजातमा पनि जालसाजी गरेको पनि क्यारेबेटले स्विकारेका थिए । क्यारेबेटका सन्तानहरु अदालतमा पुगे र अदालतको आदेशपछि उनको डीएनए जाँचको रिपोर्ट सार्वजनिक गर्न उनको परिवार बाध्य हुनु परेको थियो ।

यद्यपी क्यारेबेटका वकिलले उनको क्लाइन्टको निजत्वको अधिकारको सम्मान हुनु पर्ने तर्क दिएका छन् । तर न्यायधिषले बच्चाको अधिकारलाई निजत्वको अधिकारभन्दा माथि राख्दै डीएनए रिपोर्ट बच्चा र उनका परिवारसँग साझा गर्ने फैसला सुनाए । डिफेन्स पर चिल्ड्रेनले शुक्रबार भएको यस खुलासाले क्यारेबेट ४९ भन्दा धेरै बच्चाका पिता भएको हुन सक्ने सम्भावना ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्