विश्वकै सबैभन्दा ठूलो विमान अमेरिकामा उड्यो



लस एन्जेल्स,(एजेन्सी)
अमेरिकाको क्यालिफोर्नियाको मोजेभ डेजर्टबाट विश्वकै सबैभन्दा ठूलो विमानले शनिवार पहिलो उडान भरेको छ । माइक्रोसफटका सहसंस्थापक स्वर्गिय पाउल एल्लेनले आफ्नो कम्पनी फाइदाजनक निजी अन्तरिक्ष बजारमा प्रवेश गर्र्ने क्रममा शुरु गरेको स्ट्राटोलाउन्च सिस्टम्स कर्पोरेसनले यो कार्वन कम्पोजिट विमान निर्माण गरेको हो ।

रोक नामक सेतोरंगको सो विमानको पखेटा मात्रै एउटा अमेरिकी फुटवल मैदानको जति लामो छ भने त्यसमा ६ वटा इन्जिन र २ वटा फ्युजलेज रहेका छन् । प्रशान्त समयअनुसार बिहान करिव सात बजेतिर उडेको सा विमान दुई घन्टा भन्दा लामो समयपछि मोजेभ एयर एन्ड स्पेश पोर्टमै अवतरण भएको थियो ।

यो ऐतिहासिक परिक्षण उडान हेर्न हजारौं मानिसको भिड लागेको थियो । स्ट्राटोलाउन्चका प्रमुख कार्यकारिणी अधिकारी जिन फलोयदले आफ्नो कम्पनीको वेवसाइटमा राखिएको एक विज्ञप्तिमा भनेका छन् , ‘ पहिलो उडान निक ैअभूतपुर्व रहेको छ ।

आजको उडानले हामीलाई थप कार्य गर्ने हौसला प्दान गरेको छ । हामी स्ट्राटोलाउन्च टोलि , आजको उडानका चालक दल , हाम्रा साझेदार नर्थरप गु्रम्यान्स स्केल्ड कम्पोजिट्स तथा मोजेभ एयर एन्ड स्पेश पोर्ट प्रति गौरान्वित छौं । ’ यो विमान ३५ हजार फिट उचाईबाट ५ लाख पाउन्ड वजनका रकेट र अन्य अन्तरिक्ष सवारी साधनहरु खसाल्नका लागि डिजाइन गरिएको हो ।
यस अभ्यास उडानमा यसको गति १ सय ८९ माइल प्रतिघन्टा रहनुका साथै यो १७ हजार फिट माथि सम्म उडाइएको थियो । एल्लेनले सन् १९७५ मा विल गेटससंग मिलेर माइक्रोसफ्टको स्थापना गरेका थिए । सन् २०११ मा उनले निजी लगानीमा रहेको स्ट्राटोलाउन्चको स्थापना गरेका थिए ।

यस कम्पनीले आगामी वर्षहरुमा भुउपग्रहलाई पृथ्वीको कक्षमा राख्ने काममा लाग्ने योजना बनाएको छ । साथै यसले संयुक्त राज्य अमेरिकालाई अन्य अनतरिक्ष उद्योग व्वशायीहरु जस्तै एलोन मस्कस स्पेश एक्स , युनाइटेड लन्च एलायन्स अर्थात बोइंग र लकहिड मार्टिनको साभेदारसंग प्रतिस्पर्धा गराउने छ ।

स्टा«टोलाउन्चले सबैभन्दा चाँडोमा सन् २०२० मा रोकबाट पहिलोपटक रकेट ओसार्ने लक्ष राखेको जनाएको छ । यस विमानको डिजाइन अनावरण गरिएको केहि महिनापछि मात्र अर्थात सन् २०१८ को अक्टोवरमा एल्लेनको नन–होडकिन्स लिम्फोमा नामक रोगको कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्