अरु बखान नगरम्



एकपछि अर्को योजना घोषणा गर्न माहिर सरकारले नयाँ वर्षमा फेरी नयाँ घोषणा ग¥या छ । हरेक नागरिकलाई बैंकिङ पहुँचमा जोड्न हरेकको बैंक खाता खोल्ने रे । प्रधानमन्त्री ओलीले आइतवार ‘खोलौ बैंक खाता’ अभियान शुभारम्भ ग¥या छन् ।

‘थैलीको जमाना गयो, चेक र कार्ड प्रयोग गरौ’–अभियान शुभारम्भ गर्दै उनले भने । आफूलाई शिक्षित र पढेलेखेका भन्न रुचाउनेहरु त बैंकिङ कारोबार गर्न सहयोगीका साथ बैंक पुग्ने मुलुकाँ साँवा अक्षर पनि नचिन्ने÷नबुझ्नेहरुले कसरी थैलो छोड्न सक्छन्, यो कुरो पीएमले बुझ्या छन् कि छैनन् ?

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने अझै ५० प्रतिशत नेपाली बैंकिङ पहुच बाहिर छन् । अर्थात् चिप्स र चेक सजिलो हुने थ्यो भने थैली सजिलो मान्ने नेपाली यति धेरै हुनै पर्ने थिएन । ४० भन्दा बढी स्थानीय तहमा अझै बैंक खुल्न नसक्या बेला सरकारले अघि सा¥या यो योजना तिरिमिरी झ्¥याईँ नहोला भन्न सकिन्न । सबै तहमा बैंक र वित्तिय संस्था खुल्ने चाहिँ कहिले हो कुन्नी ?

सरकारले पहल गर्दा बैंक पनि सबैतिर खुल्ने भो रे । अनि खातामा पैसो चाहिँ त्यहि वृद्ध भत्ता मात्रै आउने हो कि ? त्यहि भत्ता लिन जाँदा आउँदा तीन गुणा बढी खर्च हुने देशाँ धरहराले अरु झन्झट बखान गर्नु नपर्ला ।

प्रतिक्रिया दिनुहोस्