सुजुकीको स्टेट अफ द आर्ट शोरूम खुल्यो



काठमाडौं, (नेस)
सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले हालै नया“ शोरुमको स्थापना गरेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित स्टेट अफ द आर्ट शोरूमको उद्घाटन शशांक श्रीवास्तव, कार्यकारी निर्देशक, मारुती सुजुकी इण्डिया र अरुण चौधरी, सीजी होल्डिस्का अध्यक्ष तथा प्रबन्ध निर्देशकद्वारा गर्नुभएको थियो । उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

धोबिघाटमा स्थापित यस स्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको छ । ‘वे अफ लाइफ’लाई आधार बनाएर डिजाइन गरिएको सुजुकीको नया“ शोरुमले ब्रान्डका अत्यावश्यक कारकहरू जस्तै उत्पादन, डिजाइन र खरिददारहरूलाई प्रोत्साहन जस्ता सामग्रीहरू समावेश गरेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस स्टेट अफ द आर्ट शोरूमले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्नेछ ।

व्यापार यूनिटका प्रमुख, सिरज पन्तका आनुसार ग्राहकहरु शोरुममा गाडी किन्नका लागि मात्र नभई उनीहरु एक उत्साह खोज्न आउ“छन्, जुन अरु कहीं पनि पाउन सक्दैनन् । यस नया“ सुजुकी शोरुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साह प्रदान गर्नेछ । सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ । कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेटको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्