स्काईवर्थमा बम्पर छुट



काठमाडौं, (नेस)
केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एपलाइन्सेस् प्रालिले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नया“ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले नया“ वर्ष दमदार बनाऔं, स्काईवर्थ डिस्काउन्टको लाभ उठाऔं नारासहित योजना सार्वजनिक गरेको छ ।

नया“ वर्ष २०७६ को ा अवसरमा कम्पनीले स्काईवर्थ टिभीका एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३० प्रतिशतसम्मको छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रिनमा उपलब्ध रहेको छ ।

स्मार्ट एपलाइन्सेस्ले गुगल एन्ड्रोइड टिभीको नवीनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा उत्कृष्ट विशेषता भएको गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ जसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीस“ग सिङ्गक्रोनाइज गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्