पाकिस्तानमा एक लिटर दूधकै मूल्य १८० रुपैयाँ !



काठमाडौं । महंगीका कारण पाकिस्तानमा दूध प्रतिलिटर १८० रुपैयाँ (नेपाली २८८ रूपैयाँ) सम्म पुगेको दैनिक हिन्दुस्तानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सो समाचारमा जनाइएअनुसार दैनिक उपभोग्य सामग्रीको मूल्य पनि पाकिस्तानमा आकाश छुने गरी अघि बढिरहेको छ । तरकारी तथा पेट्रोल र डिजेलको मूल्य पहिला नै बढेकोमा अहिले दूधको मूल्य पनि बढेको हो ।

कराँची डेरी फार्म एशोसिएसनले पछिल्लो पटक दूधको मूल्य एकैपटक २३ रुपैयाँ बढाएको छ । पशुलाई खुवाउने चारा र इन्धनको मूल्य बढेकाले दूधको मूल्य पनि बढाउनु परेको एशोसिएसनले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्