सरू ब्युटिसियन ट्यालेन्ट नेपाल



राजधानीमा सम्पन्न ब्युटिसियन ट्यालेन्ट नेपाल–२०१९ सिजन–२ मा भक्तपुरकी सरू जोशीले २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै मस्ट स्मार्टको उपउपाधिसहित प्रमुख उपाधि जितेकी छिन्। उनले उपाधि जितेबापत बैंकक टुर, एङ्करिङ कोर्षलगायत विभिन्न उपहार प्राप्त गरेकी छिन्।

प्रतियोगितामा कविता लामा फस्ट तथा मुना श्रेष्ठ सेकेन्ड रनर्सअप र बेस्ट स्माइल भए। दुवै विजेताले बैंकक टुरको व्यवस्था र उपहार प्राप्त गरे। प्रतियोगितामा इमिका श्रेष्ठ पब्लिक च्वाइस, मस्ट पन्चुअल, सरस्वती न्यौपानले बेस्ट स्टाइलिस्ट, हिमा अवस्थी मस्ट बब्ली, विनीता भट्ट ढकाल मस्ट ब्युटिफुल र सोसियल मिडिया अवार्ड, समिता महर्जन बेस्ट पर्सनालिटी, कल्पना खड्का बेस्ट फिगर, हिमला पुन मस्ट लोयल अवाड, मनीता बस्नेत मस्ट इनोसेन्ट, श्रीदेवी महर्जन मस्ट ट्यालेन्ट, शर्मिला गुरुङ मस्ट डिसिप्लिन, सावित्री तामाङ मस्ट फ्रेन्डली, मीना कुमारी एक्स्ट्रा अर्डिनरी, रशा अधिकारी मस्ट इन्टेलिजेन्ट, निकिता कुसुवार बेस्ट हेयर, सविना महर्जन बेस्ट स्किन, जमुना पनेरु मस्ट सिभिलिटी, सुरती बराल मस्ट चार्मिङ, सारदा राहु मगर बेस्ट आइज, बिरजा खड्का बेस्ट नेल आर्ट, रूपा बस्नेत मल्टिमिडिया अवार्ड, बेस्ट मेकअप र हेयर स्टाइल, विजेता प्रजापति श्रेष्ठ बेस्ट क्याटवक, सीमा श्रेष्ठ बेस्ट ड्रेस र मस्ट फोटोजेनिक अवार्ड विजेता भए।

प्रतियोगितामा सीटीईभीटी कोअर्डिनेर डा. राजश्री श्रेष्ठ, अभिनेता रमेश उप्रेती, हास्य अभिनेतृ पल्पसा डंगोल, सीटीईभीटी सीप परीक्षण अधिकृत सूर्य अधिकारी, सामाजिक अभियान्ता सहिम शाह, कलाकार सितास्मा हमाल मल्ल, ब्युटिसियनहरू सारदा क्षत्री र रुस्का वैद्य श्रेष्ठ निर्णायक रहेका थिए। रोज सिप विकास तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र विलक्षण क्रियसनद्वारा आयोजित कार्यक्रम प्रमुख अतिथि सशस्त्र प्रहरी बल प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शुभारम्भ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्