गर्भपतन प्रतिवन्ध गैर कानुनी ठहर



सोल,(एजेन्सी)
दक्षिण कोरियाको अदालतले ऐतिहासिक निर्णय दिँदै विहिवार गर्भपतन प्रतिवन्ध कानुन असंवैधानिक रहेको जनाएको छ । संवैधानिक अदालतले गर्भपतन सम्बन्धी यो कानुन आगामी सन् २०२० को अन्त्य सम्ममा संशोधन गर्न आदेश दिएको छ ।

सन् १९५३ को उक्त प्रतिवन्ध कानुन अनुसार गर्भपतन गराउने महिलालाई कैद र आर्थिक जरिवाना हुने व्यवस्था रहेको छ । तर वलात्कारको कारण बस्न गएको गर्भ तुहाउन र ज्यान जोगाउनपर्ने स्थितीमा गरिने गर्भपतनलाई भने सो पुरानो कानुनले पनि छुट दिएको छ ।

अहिले सम्म गर्भपतन कार्यमा संलग्न डाक्टरहरुलाई सेमत कानुनी कारवाही हुने व्यवस्था रहेका ेछ । गर्भपतनमाथि प्रतिवनध लगाउने केहि थोरै विकसित राष्ट्रहरु मध्ये दक्षिण कोरिया पनि एक हो । बुधवार सार्वजनिक भएके मते सर्भेक्षणको परिणाम अनुसार ५८ प्रतिशत दक्षिण कोरियाली प्रतिवन्ध हटाउने पक्षमा रहेको देखिएका छन् ।

पुरानो प्रतिवनधलाई चुनौति दिँदै झण्डै सत्तरी जना महिलाको गर्भपतन गर्ने एक महिला डाक्टरलाई कारवाही अघि बढाइएपछि सो कानुन माथि सरकारले पुनविचार गर्ने निर्णय गरेको हो ।

ति महिला डाक्टरले उक्त प्रतिवन्धले महिलाहरुको अधिकारलाई सिमित पार्नुका साथै तिनीहरुको स्वास्थ खतरामा पारेको दावी गथरेकी थिइन् । तर इसाइ समुदायको बाहुल्य रहेको दक्षिण कोरियाका केहि समुदाय अझै सो प्रतिवन्ध कायमै रहुन् भन्ने चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्