कोरियाली नेता किम अर्को चरणको वार्ताका लागि उत्सुक



सोल,(एजेन्सी)
उत्तर कोरियाली नेता किम जोंग उन संयुक्त राज्य अमेरिकासँग पुन तेस्रो चरणको वार्ताका लागि उत्सुक र सकारात्मक देखिएको दक्षिण कोरियाली सरकारी संचार माध्यमले शनिवार जनाएको छ ।

किमले आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो चरणको वार्ता गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । यि दुई नेताबिचको १४ फेब्रुअरीमा भियतनामको रामजधानी हनोइमा भएको दोश्रो चरणको वार्ता बिना कुनै ठोस निष्कर्ष टुँगिएको थियो । उत्तर कोरियाले आफु माथि लगाइँदै आएको केहि नाकावन्दि हटाउन गरेको माग अमेरिकाले अस्विकार गरेपछि सो वार्ता तुहिएको हो । सन् २०१८ को १२ जुनमा सिंगापुरमा सम्मपन्न ट्रम्प र किमबिचको पहिलो ऐतिहासिक शानितवार्तामा कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्नेबारे सहमति भएपछि सकारात्मक सन्देश दिने उद्देश्यले उत्तरले आफ्नो आणविक परिक्षण नष्ट गरेको थियो ।

किमले यदि अमेरिका सही रुपमा प्रस्तुत भएर वार्ताको टेबुलमा बस्ने हो भने आफू पनि अर्को चरणको वार्तामा बस्न पनि तयार रहेको बताएका छन् ।
किमले यसका लागि यस वर्षको अन्त्यसम्म पनि आफूले अमेरिकाको एक साहसीक निर्णयको लागि प्रतिक्षा गर्ने धारणा व्यक्त गरेका छन् ।
किमले शनिबार उत्तर कोरियाको संसदलाई सम्बोधन गर्दै भनेकाछन् , ‘ हनोइ वार्तामा केही सहमति भएन तर त्यस वार्तालाई पनि नकारात्मक भन्न सकिँदैन । तर पनि अमेरिका उत्तर कोरियासँगको सम्बन्धलाई थप विस्तारित गर्न साँच्चिकै इच्छुक छ कि छैन भन्ने बारेमा भने अझै प्रश्न उठेको छ ।
किमले संसदलाई सम्बोधन गरेको पुष्टि गर्दै उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले सो सम्बोधनका क्रममा किमले उत्तर कोरिया अमेरिकी धारणा बुझ्नका लागि भएपनि पनि एक पटक फेरि तेस्रो चरणको वार्तामा बस्न इच्छुक रहेको बताएको जनाएको छ ।

हनोइ वार्ता पुर्व अमेरिका र दक्षिण कोरियाले पनि वर्षेनी आयोजना गर्दै आएको संयुक्त सैनिक अभ्यास बन्द गर्ने निर्णय गरी उत्तर कोरिया प्रति सदाशयता प्रकट गरेका थिए । विगतमा प्योंगयांगले सो अभ्यासलाई आफु विरुद्धको युद्धको तयारीको रुपमा लिएर आक्रोश व्यक्त गर्ने गरेको थियो ।
सन् २०१८ मा उत्तरकोरियाले अमेरिका सम्म पुग्ने सक्ने अन्तरमहादेशिय क्षेप्यास्त्र प्रणाली परिक्षण गरेपछि अन्तर्राष्ट्रिय जगतमा नै तहल्का मचिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्