लामा स्वस्थ



नयाँदिल्ली,(एजेन्सी)
तिव्वती धार्मिक नेता दलाइ लामालाई भारतको राजधानी नयाँ दिल्ली स्थित एउटा अस्पतालबाट शुक्रवार डिस्चार्ज गरिएको छ । छातीका संक्रमणको समस्या देखा परेपछि उनलाई तीन दिन अगाडी अस्पतालमा भर्ना गरिएको थियो ।

लामाले अहिले स्वस्थ र सामानय महशुस गरिरहेको एसोसिटेड प्रेसले जनाएको छ । उनका प्रवक्ता तेन्जिंग ताकल्हाले ८३ वर्षिय लामालाई हल्का खोकी लागेको र अहिले उनको अवस्था ठीक रहेको बताएका छन् । सन् १९८९ मा शानितका लागि नोवल पुरुस्कार जित्न सफल लामा ६० वर्ष अघि तिव्वतबाट भारतमा निर्वासित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्