बालिकाहरुको छाती डाम्ने कुप्रथा कायमै



लन्डन, (एजेन्सी)
वेलायतको राष्ट्रिय शिक्षा संघले कलिला बालिकाहरुलाई उत्पीडनबाट जोगाउनका लागि बिद्यालयका पाठ्क्रममा स्तन पोल्ने कुप्रथाबारे जनचेतना फैलाउने शिक्षा समावेश गरिनुपर्ने जनाएको छ ।

स्तनको विकास रोकेर पुरुषहरुको ध्यान तान्न नसकुन भन्ने उद्देश्यले तातो वस्तुले स्तनमा पोल्ने कुप्रथा रहिआएको छ । कन्जरभेटिभ विधायिका निकी मोर्गानले यस सामाजिक विकृति रोकनका लागि शिक्षकहरुलाई पनि शिक्षा दिइनुपर्ने विचार व्यक्त गरेकीछिन् ।

गृह मन्त्रालयले यस समबन्धमा सजग गराउनु शिक्षकको कर्तव्य भएके जनाएको छ । हाल संयुक्त अधिराज्यमा वसोवास गरिरहेकी किनाया ( परिवर्तित नाम ) को परिवार यसरी छाती पोल्ने प्रथा भएको पश्चिमी अफ्रिकाबाट आएका हुन् । उनी दस वर्षको कलिलो उमेर यस कुप्रथाको शिकार भएकी थिइन् ।


उनले भनिन् , ‘ मेरी आमाले लमाई यदि छाती पोलिन भने केटाहरु मसंग यौन समपर्क गर्न आउन थाल्छन् भन्नुभएको थियो । ’ यस्तो कार्यमा प्रायशः बालिकाकी आमा लाग्ने गर्छिन् । तिनीहरुले ढुँगा वा चम्चा तताएर बालिकाको छातीमा डाम्ने र थिच्ने गर्छन् । यस्तो कार्य महिनौं सम्म पनि दोह¥याइन्छ । किनाया भन्छिन् , ‘ समयले पनि यस प्रकारको पीडा बिर्साउँदैन ।

यसरी डामिँदा रुन पनि दिँइदैन । यदि रोइयो भने रुने बालिकालाई मकमजोर र परिवारको इज्जत फाल्न सक्नेको रुपमा हेरिने गरिन्छ । ’ अहिले वयस्क भइसकेकी किनायाको पनि दुई छोरी छन् । उनकी जेठी छोरी दस वर्षकी हुँदा उनकी आमाले नातिनीको पनि स्तन डाम्नु पर्ने बताएकी थिइन् ।

तर किनायाले आमाको प्रस्ताव ठाडै अस्विकार गरेकी थिइन् । आफ्ना सनतान माथि कुनै पनि समय त्यो कार्य हुनसक्ने खतराको कारण किनाय परिवार बाटै टाढिन थालिन् ।

वेलायतमा मात्र यसरी स्तन डामिएका एक हजार बालिका रहेका ेअनुमान गरिएको छ । विश्वमा महिलाको योनीको भग्नासा काट्ने कुप्रथाको चर्चा जताततै हुने गरिएपनि स्तन डाम्ने विषय त्यति प्रचारमा आएको देखिँदैन ।
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध कुनै पनि शानित सम्झौतामा नभई युद्ध विराममा मात्र टुँगिएकाले अझै पनि प्राविधिक रुपमा उत्तर र दक्षिण कोरिया युद्धरत नै रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्