वर्षामा नेपालको दुर्भाग्य



काठमाडौं, (नेस)
आईसीसी यु १९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एशिया क्षेत्रको छनोट खेलमा नेपाल पराजित भएको छ ।

पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको फराकिलो जित हात पारेको नेपाली युवा टोली दोस्रो खेलमा यूएईसँग १ रनले पराजित भएको हो । शनिबार मलेसियामा वर्षा भएको हुँदा नतिजा डकवर्थ लेविसको पद्धतिमा गर्दा नेपालले हार बेहोर्नु परेको थियो । ७ टोली सहभागिता उक्त प्रतियोगितामा नेपालले युएईसामु २ सय ४८ रनको लक्ष्य दिएको थियो ।

यूएईले ३० ओभरमा ३ विकेटको क्षेतिमा १ सय २२ रन बनाउँदा वर्षा भएको थियो । यसपछि खेल हुन नसकेपछि डीएल पद्धतिमा नेपालको दुर्भाग्य बन्यो । यो हारले नेपाललाई विश्वकपमा छनोट हुने यात्रामा धक्का लागेको छ ।

क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । यूएईले लगातार दोस्रो जित हासिल गरेको छ । यसले नेपाललाई बाँकी सबै खेल जितेपनि आगामी यु १९ विश्वकप क्रिकेटमा पुग्न यूएईको हार कुर्नु पर्ने हुन्छ ।

त्यसो त नेपाली बलरले ब्रित्य अरविन्द र अंश टण्डनबीच भएको शतकीय साझेदारी बन्न दिनु नै नेपालको हारको कारण बनेको थियो । यद्दपि खेल स्थगित हुन अगाडि अंशलाई सागर ढकालले लिएका थिए । उनीहरुले तेस्रो विकेटका लागि १ सय १ रनको शानदार साझेदारी गरेका थिए । अंशले ५४ रन र अरविन्दले ४७ रन जोडेका थिए ।

यसअघि नेपालले टस हारेर ब्याटिङ गर्दा निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रनको बलियो योगफल बनाएको थियो । नेपालको ब्याटिङ १ सय १५ रनका लागि ५ विकेट गुमेर कमजोर स्थितिमा पुगेको थियो । तर भीम सार्की र हरि चौहानले छैटो विकेटका लागि ९२ रनको साझेदारी गरेर नेपाली ब्याटिङ उकासे । भीमले ५३ रन बनाउँदा हरि ६७ रनमा नटआउट रहेका थिए । यसअघि ओपनर रित गौतमले ४४ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्