ट्रायथलनमा सेनालाइ स्वर्ण



पोखरा, (नेस)
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा आयोजित ट्रायथलन प्रतियोगितामा विभागीय टोली नेपाली सेनाले बर्चस्व कायम गरेको छ । पुरुष तर्फ सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा दुरि पुरा गर्दै स्वर्ण हात पारेका हुन् ।

एक मिनेटले पछि परेका सेनाकै बसन्त थारुले रजत पदकमा चित्त बुझाए । थारुले १ घण्टा ९ मिनेट ९ सेकेण्डको समयमा पुरा गरेका थिए । महिला तर्फ एपीएफकी सोनी गुरुङले स्वर्ण हात पारिन । उनले १ घण्टा २२ मिनेटको समय लगाईन् । सेनाकी केशरी थापा मगरले १ घण्टा २९ मिनेट ३० सेकेण्डमा पुरा गर्दै रजत पदक हासिल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्