अमृत च्याम्पियन



काठमाडौं, (नेस)
आठौंअन्तर्गत ललितपुरमा भएको ११औं राष्ट्रिय स्क्वासको पुरुष एकलमा गण्डकी प्रदेशका अमृत थापा मगर च्याम्पियन बनेका छन् । सातदोबाटोमा भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंसाकारलाई ११–५, ३–११, ११–७ र ११–४ को सेटमा पराजित गरे । गत सातौं खेलकुदमा पनि अमृतले नै स्वर्ण जितेका थिए ।

महिला सिंगल्सको राउन्ड रोविनमा प्रदेश ३ की भावना सुनुवारले लगातार चौथो जित हात पारेकी छन् । भावनाले आफ्नै प्रदेशकी विपना ब्लोनलाई ११–७, १३–११ र १२–१० ले हराइन् । ६ खेलाडी सहभागी महिलामा अब भावनाले १ खेल खेल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्