हेटौंडामा ओलम्पिक टर्च प्रदर्शित



हेटौंडा, (नेस)
नेपालगञ्जमा ५ गतेदखि शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा प्रदेश–३ को राजधानी हेटौंडामा ओलम्पिक टर्च प्रदर्शन गरिएको छ ।

नेपालका ओलम्पियनहरुले मुलुकको सात वटै प्रदेशको राजधानीमा ओलम्पिक टर्च प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिवार हेटौंडामा प्रदर्शन गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । हेटौंडाको मुख्य बजारमा ओलम्पिक टर्च प्रदर्शन गर्दै एक औपचारिक कार्यक्रम गरिएको थियो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रममा ओलम्पियन जितबहादुर केसी, डम्बर कुँबर, बिमला रानामगर, मेनका राउत र भक्तबहादुर सापकोटाले ओलम्पिक टर्च प्रदर्शन गरेका थिए ।

प्रदेश–५ को नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद उद्घाटनमा ओलम्पिक टर्च प्रदर्शन गरिनेछ । सातै प्रदेशको परिक्रमापछि ओलम्पिक टर्च वैशाख ४ गते नेपालगञ्ज पु¥याइने छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्