काँचुली चाहिँ नफेरोस है !



आज नयाँ वर्ष, पुरानो पात्रो फ्याकेर नयाँ झुन्ड्¥याउने दिन । ‘पहिला गर्छु भन्या भएन, यो वर्ष चाहिँ जसरी हुन्छ गर्छु, त्यस्तो गल्ती त अब हुँदै हुन्न’–यस्तै यस्तै अनेक प्रण गर्ने दिन । यति मात्रै हो र, खैनी, चुरोट, दारुपानी र अनेक अम्मल छोड्ने प्रतिवद्धता गर्दै शुभारम्भ पनि यही दिन ।

तर कुरो उही त हो, अम्मल छोड्नेहरको मन मोडिएसी दुई चार दिनमा प्रतिवद्धता विचरा हुन्छ । ठ्याक्कै सरकार, मन्त्री र नेताहरको प्रतिवद्धता जस्तै । आर्थिक समृद्धिको नारा घन्काउन मरिहत्ते गर्ने सरकारले मुलुकलाई दिएको परिवर्तन जस्तै । जग्गा दलाल, चिनी दलाल, स्वास्थ्य क्षेत्रका डन लगायतले समृद्धिको नारालाई आ–आफ्नै ढंगले संगित भर्न थालेर हो कि क्या हो सरकार आफ्नै नारामा हराएको छ ।

चुचे ढुंगो उही टुङ्गो भनेझै हरेक वर्ष नयाँ वर्ष आउँछ । यही मौकामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री हरेक दलका बरिष्ठदेखि कनिष्ठ नेताको शुभकामना नआउने कुरै भएन । अहिले पनि आएको आयै छ । तर शुभ भन्या सन्देश कहाँ जान्छ जान्छ, कहिल्यै मुलुकले फड्को मा¥या हैन । धरहरा चाहन्छ–यो वर्ष झुक्किएर नि मुलुकले काँचुली चाहिँ नफेरोस है, केही गरी देश दुनियाँ नै चिनिएन भने !

प्रतिक्रिया दिनुहोस्