प्रेस संगठन र प्रेस युनियनबीच मैत्रीपूर्ण फुटबल



खोटाङ ।
नयाँ बर्ष २०७६ को अवसरमा खोटाङको प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको हुने भएको छ । दुवै संगठनको संयुक्त आयोजनामा १ गते आईतबार दिउँसो दिक्तेलबजारस्थित माटिकोरे खेल मैदानमा प्रतियोगिताको तयारी गरिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रायोजनमा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिता दिनको १ बजेदेखि शुरु हुने प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौंलागाईंले बताउनुभयो ।

जिल्लाको पत्रकारितालाई स्वच्छ, निर्भिक, ब्यवसायिक तथा मर्यादित बनाउन सन्देश दिँदै प्रतियोगिता सम्पन्न गरिने जनाईएको छ ।
जिल्लाका पत्रकारहरु यसअघिका बिभिन्न मैत्रीपूर्ण प्रतियोगिताहरुमा समेत सहभागी बन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्