यू–१९ विश्वकप छनोटः नेपालको शानदार जित, २८३ रनको लक्ष्य पाएको सिंगापुर ६५ रनमै अलआउट



काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३१ ओभरमा ६५ रनमै अलआउट गर्दै शानदार जित हात पारेको छ । रोहित पौडेलको महत्वपूर्ण प्रदर्शनसँगै नेपालले सिंगापुरसामु उक्त लक्ष्य दिएको थियो ।

नेपालको जितका लागि पवन सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा ३ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङ २ र राशिद खानको नाममा १ विकेट रह्यो ।

अब नेपालले आफ्नो दोस्रो खेल शनिवार यूएईसँग खेल्ने छ । नेपाल सहित मलेसिया, यूएई, ओमान, कुवेत र सिंगापुर गरी ६ देशले प्रतिसप्रर्धा गरि रहेको प्रतियोगितामा शीर्ष स्थानमा हुने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने एक दिवसिय विश्वकप खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्