कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्ने दोश्रो प्रयास



सोेल,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनबिच २८ फेब्रअरीमा भियतनामको राजधानी हनोइमा भएको दोश्रो प्रत्यक्ष शान्तिवार्ता बिना कुनै सहमतिमा टुँगिएको थियो ।

उत्तर कोरियाको आफु माथि लागइएका नाकावन्दि हटाउने माग अमेरिकाले ठाडै अस्विकार गरेपछि सो वार्ता असफल भएको थियो । प्योंगयांगले भने सो वार्ताको दौरान आफुले वास्तविक प्रस्ताव अघि सारेको दावी गरेको थियो । सन् २०१८ को १२ जुनमा सिंगापुरमा भएको पहिलो ऐतिहासिक भेटवार्ताको दौरान ट्रम्प र किमबिच कोरियाली प्रायद्विपलाई निशस्त्र पार्दै शानित स्थापना गर्नेबारे सहमति भएको थियो ।

तर सो वार्ताको प्रतिवद्धता अनुसार उत्तर कोरियाले आफ्नो आणविक परिक्षण स्थल नष्ट गर्ने काम गरेपनि अन्य ठोस उपलब्धि हुन सकेको थिएन । त्यसैकारण पनि हनोई वार्ता अघि सारिएको थियो ।

सिंगापुर वार्तामा भाग लिनु अघि किमले चीन पुगेर चिनिया राष्ट्रपति सि जिन्पिंगसंग महत्वपुर्ण भेटवार्ता गरेका थिए । हनोइ पुग्ुन अघि पनिउनी चीन पुगेका थिए । विशेष रेलमार्गबाट चीन हुँद ैकिम हनोइ पुगेका थिए । हनोई वार्तामा निशस्त्रीकरण मुद्धामा ठँलो प्रगति हुने अपेक्षा रखिएको थियो ।

तर वार्ता असफल भएपनि उत्तर कोरियाले भने अमेरिकाकै केहि वरिष्ठ नेताहरु आफुसंगको सम्बन्ध विस्तारका विरोधि रहेको बरु किम र ट्रम्पबिचको सम्बन्ध अझै सुमधुर रहेको प्रतिक्रिया दिएको थियो । वार्ताको सफलतका लागि आधार खडा गर्ने किसिमले अमेरिका र दक्षिण कोरियामा आइन्दा विगतमा जस्तो विशाल संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा समेत गरेका थिए । यस्तो अभ्यासलाई उत्तरले आफु विरुद्धको युद्धको तयारीको रुपमा लिने गरेको थियो । चीनले पनि अमेरिका रउत्तर कोरियाबिचको वार्ता जारी रहुन भन्ने कामना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्