नयाँ दिल्ली,(एजेन्सी)
भारत सकारले १४ फेब्रुअरीमा पुल्वामा आफ्ना ४६ जना अर्ध सैनिक फौजको ज्यान जाने गरी तिनीहरु चढेको बसमा विस्फोटक पदार्थ भरिएको कार ठोकाउने पाकिस्तान स्थित इस्लामकि लडाकु समुह जइस ए मोहमदको पाकिस्तानको बालाकोटमा रहेको तालिम शिविरमा आक्रमण लक्षित आक्रमण गरेको थियो ।
बालाकोट पाकिस्तानको उत्तर पश्चिमी खाइवर पाख्तुन्ख्वा प्रान्तमा पर्दछ । त्यहाँका वासिन्दाहरुले विविसि उर्दुलाई अचानक विस्फोटनका आवज सुनेर आफुहरु निँद«ाबाट बिउँझेको बताएक थिए । पाकिस्तानले यस घटनाको घोर भत्सर्ना गर्दै आफुले समय र स्थानको छनौट गरी यसको जवाफ दिने जनाएको थियो।
भारतको टाइम्स अफ इन्डियाले बालाकोटमा गरिएको यस सुरक्षा कारवाहीमा कमितमा ३ सय २५ जना लडाकु र २५ जना प्रशिक्षक मारिएको दावी ग¥यो ।
तर पाकिस्तानले निर्जन खुल्ला क्षेत्रमा सो हवाई हमला भएको तथा कुनै पनि व्यक्ति नमारिएको दावी ग¥यो । उता भारतमा प्रधानमन्त्री नरेन्द« मोदी माथि स्वदेशकै राजनेताहरुले चुनावमा मतदाताहरको धयान आकर्षण गर्न राष्ट्रवादी नीति प्रयोग गर्दै पाकिस्तानमा आक्रमण गरिएको भन्दै कडा आलोचना भएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री इमरानखानले भारतमा भएको कुनै पनि आतंककारी आक्रमणमा पाकिस्तानका ेहात नरेहेको दावी गर्दै काश्मिीरी लगायत अन्य मतभेदहरु वार्ताबाट शान्तिपँर्ण ढंगले सुल्झाउन सकिने विचार व्यक्त गरे । उनले भारतिय हवाई हमलाको सही जवाफ दिन सकिने तर दुवै आणविक शक्ति सम्पन्न राष्ट्रबिच युद्ध भइहालेको खण्डमा स्थिती सिमा बाहिर जाने चेतावनी पनि दिए ।
त्यसपछि पाकिस्तानले प्रतिकार स्वरुप भारतिय लडाकु विमानमाथि आक्रमण गर्न थालेपछि भारतको वायु सेनाका मिग २१ लडाकु विमान खस्यो । त्यसका पायलट तथा विंग कमान्डर अभिनन्दन भार्थामान पाकिस्तानी भुमिमा झरे ।
उनलाई पाकिस्तानी फौजले नियनत्रणमा लिएपनि इमरान खानले एक असल छिमेकीको सदाशयता देखाउँदै केहि दिनमै अभिनन्दनलाई भारत समक्ष सुपुर्दगी गरि दिए । उनको यस कार्यको भारत लगायत अन्तर्राष्ट्रिय जगतले नै मुरीमुरी प्रशंसा गरे । अन्तत झण्डै भयावह युद्धको नजिकै पुगिसकेको भारत र पाकिस्तानबिचको तनाव सेलाउन पुगेको थियो ।
काश्मिरको अलिकति मात्र भँ–भाग आ–आफनो नियन्त्रणमा राखेका भारत र पाकिस्तान दुवैले सम्पुर्ण काश्मिर माथिको स्वामित्व दावी गर्दै आएका छन् । सन् १९४७ मा वेलायती उपनिवेशबाट स्वाधिनता हासिल गरेयता छुटिएपछि भारत र पाकिस्तानबिच तीन वाट लडाईं भइसकेको छ ।